पाल्पा ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको जोरधारामा आइतबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका ३ सूर्यपुराकी ३६ वर्षीया राधिका पाैडेल रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।
बस दुर्घटनामा परी ३६ जना घाइतेको उद्धार गरी पाल्पाको लुम्बिनी मेडिकल कलेजमा प्रभासमा उपचार भइरहेको छ । घाइतेमध्ये पााच जनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेजले जनाएको छ ।
बस राजमार्गभन्दा करिब ८० मिटर तल भीरमा खसेर अड्किएको छ । बसमा सवार सबै यात्रुका सामान भीरबाट निकालिएको छ ।
बायाँतर्फबाट आएको बस दाायातर्फ भीरमा खसेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








