गृहपृष्ठ Featured कपिलवस्तुको यशोधरा गाउँपालिका : कार्यकुशलता नहुँदा गाउँवासी हैरानीमा

कपिलवस्तुको यशोधरा गाउँपालिका : कार्यकुशलता नहुँदा गाउँवासी हैरानीमा

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु जिल्लाका दक्षिणी पालिका आफैमा विकास विकास र सुशासनका दृष्टिकोणले पछि परेका पालिकाका रुपमा परिचित छन् । त्यस मध्ये सबैभन्दा पहिलो नम्बरमा पर्छ यशोधरा गाउँपालिका । जहाँ कार्यकुशलताको कुनै नामोनिशान छैन् । जनताले विकास र सुशासनको प्रत्याभूति गर्न पाएका छैनन् ।

यस पालिकाका जनताले दिनहँु सास्ती खेप्नु भएको छ । उनीहरुले गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत तेज बहादुर सिंहमा कार्यकुशलता नदेखिदाँ सास्ती खेप्नुपरेको हो । उनले पैसा नदिनेहरुको काममा ढिलासुस्ती गर्ने गरेका छन् भने कमिशनकै लागी सेटिङ्ग मिलाउने गरेको कर्मचारी स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार कमिशनको खेलमा उनी लिप्त छन् । यतिसम्मकी उनले पुर्व पालिका अध्यक्षसंग पनि कमिशनका लागी सेटिङ्ग मिलाउन खोज्ने र सेटिङ्ग नमिलेपछि अनावश्यक दुःख दिने गरेका छन् ।

प्रमुख प्रशासकिय अधिकृत सिंह पटकपटटक सेटिङ्ग मिलाएर नै यशोधरा गाउँपालिका आएका हुन् ।

‘तपाईमा कार्यकुशलता देखिएन् भन्ने व्यापक जनगुनासो छ, वास्तवमा कुरा के हो ?’ भन्ने वैखरीको प्रश्नमा उनले ‘के हो कार्यकुशलता, मैले ४० बर्ष जागिर गरे अहिलेसम्म यो बिषयमा मलाइ थाहा छैन’ भन्दै गैरजिम्मेवार जवाफ दिए ।

यो पनि पढ्नुहोस् : 

कपिलवस्तुको यशोधरा : काममा मनपरि र ढिलासुस्ती, समयमा बजेट ल्याउन पनि असफल

सम्बन्धित् समाचार