बिरुवा जमाउन नर्सरी ट्रे कोक्पिट/पिटमस अाएको छ झार गोड्नु पर्दैन मल्चिङ पलास्टिक अाएको छ
पानी हाल्नु सजिलो छ थोपा सिचाइ स्प्रिङकल अाएको छ किरा पुतलि छेक्ने इन्सेक नेट जालि अाएको छ असिना बाट जोगाउने हेलनेट अाएको छ गर्मी कम बनाउने सेड नेट अाएको छ तापक्रम बढाउने थर्मल नेट अाएको छ लामो समय सम्म टिक्ने यु भि पलास्टिक अाएको छ खन्ने जोत्ने गोडमेल , ड्याङ बनाउने मेसिन अाएको छ धान गहु काट्ने मेसिन रिपर अाएको छ !! धान मकै लगायत अन्य रोप्ने सिडलर मेसिन अाएको छ !! रोगकिरा नियन्त्रण गर्ने अाई पि एम ल्युर ट्रयाप अाएको छजानेर सिकेर बुझेर खेती गर्ने लाई ! धेरै सजिलो छ अहिले !! नेपालमा धेरै नयाँ अाधुनिक प्रबिधि अाई सकेका छन

धेरैले सोध्नुहुन्छ,”साच्चै भास्कर जी कृषीमा लाग्ने प्रेरणा कसरी मिल्यो नी?”
मेरो उत्तर: प्रेरणा समय अनि परिस्थितिले दियो।
२०६५ साल मा s.l.c दिनेवाला थिएँ बाबा हराउनु भो। धेरै खोज्यौँ भेटिनुभएन मम्मी एक्लैले काठमाडौको त्यो शहरमा कसरी दुई छोराछोरी अनि आफ्नो ज्यान पाल्नु, ज्यान पाल्न मात्रै त के थियोे। कोठा भाडा, बिजुली बत्ती, gas, school fee,नुन, तेल रासन, तरकारी, एक त आफ्नो साथीको वियोगमा कम्जोर अर्को तर्फ बोझ।हुन त आफ्ना छोराछोरी आमालाई कहिले पो बोझ भएको थियो र। गर्नुभो, १५-१६ बर्ष भको थें सायेद आमालाई हलुको पार्न पढ्दै काम गर्दै गर्न लागे। तर सानै देखि काठमाडौको धुलो मैलो बस्तीमा हुर्केको मेरो मन गाँउमै जान खोज्थ्यो। संघर्ष जति नै गरे पनि काठमाडौ काठमाडौ नै हो। पैसाले चल्ने शहर । पैसाले पुर्याउनै पर्ने। तरकारी बिना त छाक टरिहाल्छ नि। न टारेर पो के गर्ने ??
महंगो !
पुर्याउनै पर्ने
एक छाक तरकारी किन्न एक हप्तै कुर्नु पर्ने
जसो तसो
चल्दै गयौं …बाबा बिना को केही बर्ष बिते।
पढाइ – काम संगै
बाबा हराउने त्यो शहरमा आमालाई कति दु:खमा राख्ने भनी मम्मिलाई request गरेँ “गाउँ मा जाँऔ घर जग्गा छ भाडा तिर्न त पर्दैन, दुई छाक आफ्नै खेत बारी ले खान त पुर्याउँछ, येसरी मेहनत गर्ने र अरुलाई बुझाउने कैले सम्म?? जाम म गर्छु गाँउमा नि त रोज्गारी को अवसर पाईन्छ नि थोरै कमाउँला तर येहाँ भन्दा धेरै बच्छ ।”
आइयो।
मलाई वीरुवा को “व” थाहा थिएन कृषि को “क” तर मलाई आफ्नो लागी साग्सब्जी फलाउनु थियो, जिज्ञासु अनि लगनशील भएर गरेँ ।
गरेँ पछि नहुने के पो छ र।
भनिन्छ नि परिश्रमी हातलाई भगवान्ले पनि चुम्छन्।
भग्वानको कृपा बर्सन थाल्यो।
आफुलाई पुग्न लाग्यो।
त्यसपछी ओल्तिर पल्तिर बाड्न।
तेस्पछी नुन तेलको लागि खर्च तरकारी बाटै पुग्न थाल्यो।
दिउँसो नजिकैको बोर्डिङ स्कुलमा पढाउन जान्थे
समय बित्दै गयो।
बिहान साझँ आफ्नो खेतमा गरेको मेहेनतले दिउँसो भरी स्कुल पढाएर हुने कमाईभन्दा बढी कमाई हुन थाल्यो। सोछे यी बिहान साझ को मेहनत को कमाल त येस्तो छ, तल्लीन भएर पुर्ण रुपमा कृषिमा लागे भनेँ कसो नहोला भनी ४ बर्ष देखी अपनाएको शिक्षक पेशा पुर्ण रुपमा छोडेर लागेको छु,
कृषि मा क्रान्ति ल्याउने सपना छ।
मेरा कर्म संगै लगन, आत्मविश्वास अनि देशभक्ती चलेकै छ।
यो यात्रामा आउने हरेक अवरोधहरुलाई दृण भै सामना गर्नु परे पनि वा अवरोध पन्छ्याउनै परे पनि तयार छु। तर यति दृण छु कि अबका केही बर्षमा देशको कृषि जगतले म बाट केही अवस्य पाउँछ।
प्रयास जारी छ
आशा छ सफल हुन्छु, पक्का।
युवाकृषक भाष्कर पंगेनी पुष्कर को आत्माबिश्वास , हिम्मत सोचलाई सलाम छ । देशलाई यस्तै ब्यक्तिहरूको खाँचो छ । हामी सबैले उहाँबाट धेरै सिक्न सक्छौँ । यो देश बनाउनु छ भने पुष्कर जि कै जस्तो मिहिनेत , लगनशीलताले मात्र सम्भव छ ।









