– मुलबाटो मा कसैले दुई थुङ्गा फुल चुडेर फ्यालेको रैछ ! हिड्दै थिए बाटोमै पैताला रोकिए ! त्यो फुल टिप्नलाइ, थाहा छैन किन रोकिए ,
तर रोकिए, हातमा लिए, पैताला अघिअघि बढाए , अलि पर पुगेको थिए एउटा फुल खस्यो , सामान्य लिएको भएनी हुन्थ्यो नि खै कुन्नी किन हो
मेरो फुल खसाइ सामान्य लागेन मलाई , कता कता नमज्जा लाग्यो, त्यै पनि टिप्न खोजें , अनि फेरि आ जेसुकै होस भनेर छोडिदिए ,
फेरि पछाडि फर्किए एउटि कलेज स्टुडेन्ट केटी ले त्यै एक थुङ्गो फुल हातमा लिएको देखें ! खै के भो थाहा छैन, अनि कसरी भो थाहा छैन, पुनः रोकिए ,
ति नारीलाइ भने यि लिनुस एसको जोडि मसङ्ग छ !
र उसले सोधी कस्तो परिचित लाग्यो आवाज ! हामी कतै भेटेका थियौ ?
हजुर भेटेका थियौ नि , भर्खरै फुल साट्दै गर्दा – मैले जिस्क्याइ हालें एउटा ह्यान्डसम केटोले एउटि राम्री केटी भेट्टाएको थियो यार ,
प्लिज साच्चै भन्नु न तपाइँको आवाज किन मलाइ अपरिचित लागेन ?
तपाइ सुन्दै हुनुहुन्छ मन सङ्ग मन… …
हाम्रो भेट फेरि होस् है सुभ दिन म हात हल्लाउँदै थिए , उनको त्यै दिन को त्यो हासो कहिल्यै बिर्सिनै नसक्ने त्यै माधुर्यता ,
अनि त्यै उ प्रति को मेरो महसुस छातीको देब्रेपाटो सधै घोचिरहने साधन बन्यो जिन्दगीमा !!
आवाज ले मात्र चिनेको मान्छे , उसको “म” साच्चिकै “म” बनाएकी थिइ उसले, र मेरि बनाएकी थिइ आफुलाइ !!
(भन्छन् जिबन आफ्नो लागि कहिल्लै बाचिदैन, र जब आफ्नो लागी बाच्न बिर्सेर अरुको लागी बाच्न थालिन्छ जिबन अझै प्रिय लाग्न थाल्दो रैछ,
र त्यै जिबन कतिबेला अरुको लागी बाच्न थालियो थाहै नहुदो पो रैछ !)
नारी : किन एक्लो बनाइदिनु भको त एस्तो प्रिय जोडि लाइ , कन्चन मुस्कान थियो उनको !
म : खै मेरो समिपमा सङ्गै बस्नै चाहेनन भन्या यि जोडी ले, तपाईं सम्हालेर राखिदिनु न है ??
जिबन को यो उत्तरार्धमा म त्यो फुल सङ्ग पुन भेट्टिएको छु !! त्यो सुबास सङ्ग फेरि दुखेको छु ! अनि त्यो स्पर्श सङ्ग फेरि पोखिएको छु !!
काव्या, मेरि छोरी मलाइ कहिल्यै बाबा भन्दिनथी , मलाइ कहिल्लै म उसको हुनुको आभास दिदैनथी !! अनि साच्चै भनुँ उ मेरि नै हुदैनथी !!
काब्या शर्मा, लोकेसन : पोखरा फेवाताल को कन्चन पानी सङ्गै टल्पलाउदै गरेको तस्बिर,
म्याचुअल साथी कोइ पनि नभको एउटा फ्रेन्ड रिक्वएस्ट मेरो फेसबुक को भित्ता को सिरान मा अल्झिरहेको थियो !!
उसको तस्बिर देख्दै नराम्ररी नयन पोखिए मेरा , उ मेरि छोरी थिइ “काब्या”
र त्यो बर्सौ पहिले फुल साटेकी नारी थिइ “रेखा” काब्या को ममि !
– तपाइ सुन्दै हुनुहुन्छ मन सङ्ग “मन का कुरा ” FM ब्याण्डको नब्बे .आठ मेघाहर्ज रेडियो तिनाउ बाट,
कसैले सुन्थ्यो सुन्दैनथ्यो थाहा छैन जतिबेला उ मसङ्ग नजिकिँदै गएकी थिइ , उसले चै सुन्थी मलाइ मेरा हरेक एपिसोड हरुमा ,
के छ ” मन को साथी “उसको मलाइ बोलाउने सम्बोधन सैली थियो यो , अनि म भन्थे – रेखा मन को मात्र होइन मनको सारै नजिकको सहयात्री ,
हरेक बिहान प्रसारण हुने मेरो “मन सङ्ग मनका कुरा” उसको आदत बनेको थियो ,
मेरा हरेक प्रसारण हरुमा प्रायः उसको अडियो कल हुन्थ्यो अनि रेडियो को तरंग बाट सबैलाइ सुनाइदिन्थी हाम्रै मनका कुरा,
कसैले जे सुकै भनोस या नभनोस त्यै माया को लत लागेको थियो मलाइ, उसैको लत, उसैको आदत बन्न पो लाग्यो मलाई त,
– पुसमाघ को सिरेटो, सिद्धबाबा , पाल्पा तिर को चिसोले उसको नाक हेर्न लायक त थियो नै ! नाक खुम्च्याएर नाक को स्वरुप नै बिगार्थी उसले ,
कुन्नी किन हो थाहा छैन मेरो हात उसको नाक छुने हिम्मत गरिरहन्थ्यो !!
रेखा,
भन्नुस न,
तिमिलाइ कस्तो चिसो ले समातिहाल्छ है !
चिया खान्छौ ??
सिगान माथी तानेजसै गरि उम मात्र भनी !
चिया खायौं, चिसो को प्रबाह नै हुदैनथ्यो उसलाइ मसङ्ग हुँदा , भन्थी तिमि कन्जुस छौ नि यै बहानामा मलाइ चिसो ले समात्छ !!
अनि चिया त खुवाउछौ नि है !
– छोरी मान्छेहरु प्रायः चिया कम खान्छन् तर उसको फेबरेट थियो चिया, मलाइ पनि आदत बनाइदिइ,
मेरो फुर्सद होस् या उसको – बहाना चिया को , लोकेसन त्यै पाल्पाली सिरेटो सिद्धबाबा , पात्र उ र म धरोधर्म हामिलाइ अरु केहि चाहिदैनथ्यो ,
उसलाई हेरेर मात्र सिङ्गो दिन नतमस्तक बिताइदिन्थे म !
सुनन ( रेखा )
भनन (म)
किन हो कुन्नी तिमिले रेडियो कार्यक्रम चलाएको मलाइ मन पर्न छोड्यो !
किन ?
तिमिसङ्ग कत्ती केटिहरु कस्तो बोलिरहन्छ्न भन्या ! हेल्लो मन को साथी रे हिजो एउटिले त ,
म नजिकै भएको भएत .. नाइ तिमि सब्बै सङ्ग एस्तो निकट कुरा नगर !! तिमि सब्बै को मन को साथी हो र ?
रेडियो छोडिदेउ म ?? (म)
उम बरु छोडिदेउ , नछाड्ने भए अर्को कुनै कार्यक्रम चलाउ !
अन्ततः मलाइ रेडियो छोड्न बाध्य बनाएकी थिइ उसले ! चाहन्थी मेरो मन कसैसङ्ग नसाटियोस ! म कसैलाई मन का कुरै नगरु ! अनि म कसैको नभैदिउ !
सधै प्रसनालिटी म्यान्टेन्ड गरेर हिड्ने मलाइ भन्थी तेत्ती राम्रो नि हुनुपर्दैन है केटो मान्छेलाइ त, अलि बढी नै भो !
अनि म : किन पहिले त खुब हिरो बनाउन खोज्थ्यौ त ,
अनि उ : बनाइसके त !! अब धेरै हिरो बनाउनु छैन फेरि तिम्रो बानी पनि ठिक छैन, सब्बै सङ्ग बोल्नै पर्ने तिमिलाइ,
अरुलाइ पनि तिम्रो आदत पर्यो भने नि ??
म : के गर्छौ ?
उ : म त मर्छु !
मलाइ उसको एहि मर्ने कुराले सधै दुखाइरहन्थी !!
तिमि मेरो भएनौ भने त म साच्चै मर्दिन्छु !! तर म पनि उ जस्तै कमजोर हुन्थे , आवाज त निकाल्दिनथे तर आखा टल्पलाउथे आसु बोकेर !
– रेखा
भन्नुस न
हामी कुनै कारण बस कसैको हुदैभएनौ भने नि ?
उ : कसरी तेस्तो हुन्छ ? यो जिबन पो अर्काको होला जिन्दगी भित्र धड्किरहने यो सास त हामी एक अर्काकै लागी फेरौला नि है ??
म चै नतमस्तक हुन्छ भन्दिन्थे !!
कहिलेकाही उ गुम्छे कि भन्ने डरमा कायर भैदिन्थे ! उ बोलिरहन्थी म सुनिरहन्थे ! भन्थी म कत्ती बोल्छु है ?
मैले नि “उम” भन्दिन्थे !
अनि प्रश्न को साचो उत्तर दिदा पनि प्रायः मेरै नाक निमोठिन्थ्यो , त्यै पनि खुसी लाग्थ्यो यार !!
एक दिन बर पिपल को चौतारी मै थियौ !,
उसलाइ सोध्न मन लाग्यो अनि सोधेँ रेखा
पिपल को पातले किन एस्तो मन को( मुटु ) को आकार लिएहोला है ?
समीर एउटा कुरा भनु ?
भनन
म मरें भने मेरो मुटु स्पर्स गर्न मन लाग्यो भने अनि साच्चै तिमिलाइ मेरो अभाव खट्कियो भने यै पिपल को पातलाइ मेरो मुटु सम्झिनु !
मलाइ सधै तिमिले भनेजस्तै आकारमा पाउने छौ !
पिपल को त्यो पात प्रती कुनै नाता छदै थिएन ! कुनै लगाब थिएन , झन त्यो पिपल को पात लाइ रिस उठ्ने बनाएर छोडी !
एक दिन म उसको घरमै पुगेको थिए बिहानै – चुल्ठो बाट पानी तप्किरहेको थियो !
घुडा देखी माथी बक्षस्थल सम्म मात्र कलेजि रङ को टाबेल ले सुरक्षा दिइरहेको थियो ! म पुग्नु उ स्नान घरबाट निस्किनु कस्तो संयोग बनेको थियो !!
पुरुष मन न पर्यो नराम्ररी पग्लिएछु ! कस्ती राम्री देखिएकि !! हेरिरहें ! उसको त्यो चुल्ठो बाट तप्किएको पानी मा भिजिरहु झै लाग्यो !
उसलाइ पछाडी बाट अङ्गालेर उसको गर्धन मा नाक राख्दै ला~~~~मो सास माथि तिर तानिरहुँ झै लाग्यो !!
अनि उसको त्यो लाइफ ब्याय सुगन्ध मा डुबिरहु झै लागिरहयो ! एक तमास ले सन्सार छ भन्ने कुरा नै बिर्सेर उसैलाई बेरिरहु झै लागिरहयो !
अनि थाहा छैन के के लाग्यो के के लाग्यो के के लाग्यो !! माया त कत्ति लाग्यो कत्ती लाग्यो !
उसको कान को झुम्का अल्झाएका उसको कपाल को माया लाग्यो , उसलाई सम्हालेर राखेको त्यो टावेल को माया लाग्यो ,
उसङ्ग लट्पटिएको त्यो लाइफ ब्वाइ को सुगन्ध को माया लाग्यो ! उसको चुल्ठोबाट बिस्तारै खस्दै गरेका ति पानी का थोपा हरु को माया लाग्यो !
मन उ प्रती साच्चै लोभ्भियो ! अलिअली यो मन पापी पनि भयो ! तर कस्सम मलाइ त आज यो पापी मन को पनि माया लाग्यो !!
मलाइ लागिरहेकै रैछ ! अझै उसकै मात लागिरहेकै रैछ
उ त कत्ती बेला भित्र पुगेर हल्का प्याजी रङ को कुर्ता र पहेँलो रङ्को सलवार मा फेरि म भए छेउ पो आइसकिछे !
देब्रेहात ले भिजेको कपाल झट्कार्दै गर्दा म मा परेका केहि थोपा पानीले पो मलाइ उसको नसा छुटायो !
रेखा भन्दैथिइ बस न , समिर तिमि ठिक त छौ नि !!
उसलाई कसरी भनु म त नबसेरै पनि ठिक थिए ! अनि उसलाइ कसरी भनु म त बस् ठिक मात्र होइन धेरै ठिक थिए !!
रेखा तिमि राम्री देखिएकी छौ आज !!
आज मात्रै ?
होइन, सधै राम्री छौ तर आज चै धेरै राम्री देखिएकी छौ !! मयुर जस्ती ! गण्डकी को पानी जस्ती !
मलाइ उसको घरमा जानु कुनै अप्ठ्यारो मान्नै पर्ने थिएन ! उसको सानो बैनी ले तिनाउ FM को मनको साथी भनेर पहिल्लै चिनाइसकेकी थिइ !
म त्यो सिङ्गो घरको मन को साथी बनिसकेको थिए !
हामी सङ्गै बुटवल निस्किदै थियौ ! मेरै अगाडि बसेर गाढा कलेजी रङ को लिपिस्टिक ओठ मा लगाउदै थिइ ,
मलाइ त्यो लिपिस्टिक को पनि उत्तिकै माया लाग्यो ! अनि त्यो ओठ को पनि !!
थाहा छैन यि दिनहरूमा उसको किन एत्ति माया लाग्दैछ ! अनि यो पनि थाहा छैन उसका हरेक चिजहरुको किन एत्ति माया लाग्दैछ !
खरानी रङ्गको स्यान्डिल, प्याजी रङको कुर्ता र पहेलो रङ को सलवार अनि गलामा पहेलै रङ को दुपट्टा !
कसैलाई राम्री लागोस नलागोस म चै उसमा परि देखेको थिए !
मलाइ त्यो दुपट्टा देखी डाह लागेको थियो ! उसमा त्यो दुपट्टा म जस्तै अल्झिएको थियो ! लाग्थ्यो त्यो दुपट्टा हटाइदिउँ !
हैन मेरि रेखा लाइ अझै राम्री बनाउन उसको गर्धन मा अल्झिएको तँ अल्झिएकै ठिक छ ! अनि त मलाइ त्यो दुपट्टाको पनि माया लाग्यो !
आफ्नै तारिफ गरेजस्तो होला , अफिसियल क्याजुअल ड्रेसमा म पनि सानो- तिनो सेलिब्रेटी नै लागिरहेको थिए !!
एउटा हात हल्लिएको थियो एउटा चै पाइन्टको खल्तीमा , अनि खल्तीमा भएको मेरो हातमा रेखाले आफ्नो हात अल्झाएकी थिइ !
बेला बेला मा मतिर फर्केर खुब राम्री छु झै गरेर हेर्थी , अनि म सहजै स्विकारी दिन्थे !!
जब उ खुसी देखिन्थी नि मेरो खुसी ले त धरातल नै नाघीदिन्थ्यो !! बेला बेला मा कुइनो ले मलाई धक्का दिन्थी !
अरुनै केहि चिज अगाडि आउथ्यो ! मैले उतिर हेरिदिन्थे ! खुब लजाउथी, मलाइ उसको त्यो लाज को माया लाग्थ्यो !!
मलाइ उसको किन एत्ति माया लाग्दैछ ??
अब त माया सङ्गै डर पनि लाग्दैछ ! मेरो छाँया बनोस् उ ! अनि मेरो दर्पण बनोस उ !
अनि आवाज बनोस् , मिठास बनोस् , भावना बनोस् , मेरि बनोस् !!
हिजो कसैले उसलाई राम्री भन्दिन्थ्यो , मलाइ राम्रै लाग्थ्यो , आज किन कसैले उसलाइ राम्री भन्दा मलाइ ईष्र्या हुन्छ ?
आज उसको नयन ले अरुलाइ नियाल्दा मलाइ किन डाहा हुन्छ ?
बसको झ्यालबाट समथल फाटहरु हेर्दै रमाउने म!
ड्राइभर को क्याबिन मै बसेर प्रायः यात्रा गर्ने म ,!
केहिदिन देखी बसको पछिल्लो सिट मन पर्न थालेको छ ! एकान्त मन पर्न थालेको छ , रेखा सङ्गै छु म , हामी बुटवल जादै थियौ !
एस्तो लाग्दै थियो यो यात्रा हजारौं माइलको होस् ! हजारौं कोश को होस् ! हाम्रो यात्रा कहिल्यै नसिद्धिने होस् !!
झर्यौ, बुटवल फेरि उस्तै मेरो बाया हातमा उसले आफ्नो हात अल्झाइ !! बेला बेला मा कुइनो को बदलामा .. … हि हि हि !!
मेरै रुममा पुग्यौं ,
माथी गोलपार्क, सागुरो कोठा एउटा खाट लथालिङ्ग भएका मेरा किताब हरु नधोइएका मेरा केहि जोडि मोजाहरु,
एत्रतत्र फ्यालिएका मेरा कपडाहरु, टुथपेस्ट, साबुन ब्रस! आफै एस्तो हालत बनाएको थिए ,
लाज लाग्यो , बेस्सरी लाज लाग्यो ! तिमीहरू केटा मान्छे कत्ती फोहरी अल्छी हुन्छौ है ? आफ्नो केहि ख्याल छैन है ??
रेखा भन्दैथिइ अनि म स्कुलमा मुर्गा बनाइएको विद्यार्थी जस्तै सजाय भोगिरहेको आभास गर्दै थिए !!
BBA दोस्रो बर्ष को स्टुडेन्ट म , छिनभरमै मेरा किताब मिलाइए ! ति नधोइएका मोजा भिजाइए !
कोलगेट ब्रस साबुन रेजर सबैले सुरक्षीत ठाउँ पाए ! लथालिङ्ग बिस्तारा सुन्दर बन्यो !! कोठाको छिनभरमै रुपरङ्गै फेरियो !
मलाइ कहिल्यै लागेकै थिएन एत्ति राम्रो बन्छ यो कोठा भनेर !
तर त्यो कोठा सिङारिउन्जेल सम्म मैले सानो तिनो गाली खाइरहेकै थिए !
बिस्तारा मिल्दा नमिल्दै पल्टिदिए म ! फेरि गाली खाएँ ! कस्तो मान्छे है तिमि ??
उम म कस्तो मान्छे !
रेखा
भनन
नाइ भन्दिन ,
नभने नभन फोहरी,!
– रेखा !
के~~~( रिसमा पनि माया मिसिएको लामो के~~~ थियो त्यो ?) मलाइ त्यो लामो “के” को पनि माया लाग्यो,
हातमा समातें, म तिर तानें बेस्सरी बेरें आफुमा उसलाई ! निधारमा चुमें अनि फेरि अङ्गालोमै बेरिरहें !
उसको चुल्ठो मा मेरा हातहरु खेलिरहेकै थिए , तर उसका नयन हरुले मेरा नयन सङ्ग हारेका थिए आज !
जुध्न सकेकै थिएनन, म उसलाई एकटक हेर्न खोज्थे उ लजाउथी ! अनि मेरो छातीमा टासिंएर मलाइ मुड्की ले हानिरहन्थी,
मन सङ्ग मन साटिएको धेरै भएको थियो, उसको सुगन्ध ले मलाइ लठ्ठाएको धेरै भएको थियो ! म उसको मायामा पहिल्यै हराएकै थिए !
तर उसङ्ग एत्ति नजीक !!!??
म अग्लो सिरानी बनाएर बेडमा पल्टिएको थिए उ चै मेरो छातीलाइ सिरानी बनाएर लजाएकी थिइ !
त्यै पनि कैले मेरो नाक तानी दिन्थी कैले कपाल खेलाउथी, त कैले मेरो पातलो दारी सुम्सुम्याउथी !
– उ मेरो छातीमै थिइ,
रेखा,
हजुर,
अलि नजिक आउ न !
ल, भयो?
रेखा ?
हजुर ?
अझै नजिक,
…. ….. ……
अझै नजीक
…. …… ….
अझै नजिक, अझै नजिक !!
उसका हल्का गुलाफी ओठ नजिकै पुगेछन मेरा ओठ हरु , मन सङ्ग मन घोलिएछ ! आखाहरु ले बिर्सिएछन लाजका पर्खाल हरु !
अनि त हिमाल झै पग्लियौ हामी,छिन भरमै बलेनी झै पोखियौ हामी,
उफ्फ !! रेखा ! रेखा !!! रेखा !!! किन बोल्दिनौ ?
समिर ?
भनन !
समिर हामिले के गर्यौ एस्तो ?? हामिले गलत गर्यौ समिर !! ( आखाँ भिजेका थिए उसका )
समिर ! समिर !! समिर !!! किन बोल्दैनौ के तिमि ?
म उसको आखामा हेरेर पस्चाताप मानिरहेको रैछु ! मलाइ लाग्यो मैले गलत त गरिन ?
अनि मलाइ लाग्यो यो सबै माया सङ्गै त भयो मैले कहाँनेर गलत गरे र ? अनि मलाइ फेरि लाग्यो गलत गरेकै छैन भने उसको आखा किन भिजाए त मैले ???
भन रेखा !
हामी के गर्यौ एस्तो समिर ?? हामीले एस्तो गर्नुहुदैनथ्यो !
बोतल को पानी उसलाइ दिए पानी पिइ, पुनः उसलाइ मेरै छातीमा टासें मैले ! बेरिरहें अङ्गालोमा !! केहि हुदैन ! म छु नि !
समिर तिमि थोरै पनि मेरो केयर भन्दा टाढा भयौ भने नि म मर्छु समिर ! म बाच्दै बाच्दिन ! साच्चै समिर म त बाच्नै सक्दिन !
अबका दिनहरुमा मैले मेरो कर्तव्य बिर्सनु हुदैन ! उसलाइ ignore गर्नु पनि हुदैन ! र अरुको हुने कोसिस पनि गर्नु हुदैन ! मलाइ महसुस हुदैथियो !
तर उसको सुकसुक रोकिएको थिएन !
म कहिलेकाही किन एस्ता कुरासँग खेलिरहन्छु के ? सरिर साटियो दुबैको मन को सामिप्यता मा उसका नयन टल्पलाए ,
तर मेरा आखा लाइ रत्तिभर फरक किन परेको छैन ? अनि म किन उ सङ्ग रुन सकिरहेको छैन ?? उ साच्चिकै दुखेकी छे ?? अनि म चै ? दुखेकै छैन ??
भगवान ले नारी बनायो, तर मन कम्जोर बनाइदियो ,
अनि त्यै भगवान ले पुरुस बनायो, तर मन कठोर बनाइदियो !!
किन बनायो, आज महसुस हुदैछ मलाइ ,
– तिमिहरुको एहि कमजोर मन मा त एस्तो कठोर मन पगाल्ने पावर छ नारी ! तिमिहरु रुन्छौ र त हामी तिमिहरु सङ्ग जस्तोसुकै युद्ध पनि हारिदिन्छौ ?
तिम्रो आसुमा केहि त पक्कै छ !! जसले हामी पुरुष तिमिहरुमै समाहित हुन्छौ !!
– खाना रेखाले नै बनाइ खाना खायौं ! निस्कियौ मणिमुकुन्द सेन उद्दान , बस हामिलाइ एकान्त चाहिएको थियो !
हामीलाइ कसैले देखोस नदेखोस फरक नपर्ने भएछौ !
मेरा हात हरु उसको कपाल सलबलाउन पुगे , उ चै मेरा औला हत्केला , हरु सुम्सुम्याउदै थिइ ! मतिर फर्केर पुर्लुक्क हेर्थी ,
अनि म भन्थे अघिकै जस्तो मिठो गल्ति गर्ने हो ???
अनि उस्तै मिठो मुड्की बजार्थी मेरो छातीमा !!
उद्दान को बादर देखाउदै भन्थी, समिर हेर त तिमिजस्तै रैछ ! म चै रिसाएझै गर्थे ! ऐले त झन उस्तै !! हासेर उडाइदिन्थी !
रेखा
भन्नुस न !
तिमिलाइ के लाग्दै छ हामी गलत गरिरहेका त छैनौ नि ?
एकाएक संबेदनसिल हुन्छे , रेखा अनि मेरो छातीमा उस्तै टासिंएर सर्बस्व सुम्पिन्छे मलाइ , अब त उसको आदत भो मलाइ ,
म चाहे गल्ती नै गरेको हुँ त्यो गल्ती को पनि आदत भयो मलाइ , हामी बुटवल झर्यौ, भोली कलेज आउदा भेट्छु ल भन्दै रेखा आफ्नो घर तर्फ लागी,
म मेरो त्यै कोठामा !!
हरेक बिहानै प्रोग्राम को लागी FM स्टेसन जानु पर्थ्यो दिउसो कलेज साझ कोठामा !!
“मन सङ्ग मनका कुरा ” तपाइ सुन्दैहुनुहुन्छ ! आवाज को बाटो गरेर तपाइँको मन सम्म आउने तपाईंको भावना सम्म आउने ,
तपाईंको सम्झनामा आउने म मन को सारै नजिक को साथी ” समीर”
सुन्दै हुनुहुन्छ तिनाउ FM !!
प्रायः एस्तै मिठा भलाकुसारी, आत्मीयता , जन्मदिन का सुभकामना,
बाड्दा बाड्दै कार्यक्रम सकिन्थ्यो ! कलेज आउने समय हुन्थ्यो उ आउने बाटोमा मेरा एक जोडि आखाहरु छरपस्ट छरिन्थे !
कैले उ देखिन्थी सारै खुसी लाग्थ्यो कैले उ देखिदैनथी , मन सारै बेचैन हुन्थ्यो !!
– अब त यो मन साझेदारी भो , अब त उसलाई फुलले पनि नघोचोस , एस्तो लाग्दैछ सन्सार ले बर्णन गर्ने हरेक चिज उसको अगाडि फिका लाग्दैछन !!
उ बिना सास पनि सजिलोसँग फेर्न नसक्ने पो भएछ मन त ! कत्तिबेला भए म एस्तो , कुन संयोग ले मलाई एस्तो बनायो !
कलेज छुट्टी पछि कोठामा पुगें , बेड उस्तै गरि मिलाउने रहर लाग्यो ! एत्रतत्र छरिएका सबै चीजबीज मिलाउन खोजे ! उ अघाडी भएझै लाग्थ्यो ,
कतिकती बेला त एक्लै हास्दो रैछु ! पागल बनाइ यार मलाई , मलाइ त उसको आदत पो लागेछ !! मलाइ त उसको बानी पो परेछ !
रेखा म जस्तो जत्तिबेला पनि फ्री हुने कुरो भएन ! मलाई चै उसको अभाव ले छोडेन !! मन बेचैन हुन्थ्यो निद्रा फिटिक्कै लाग्दैनथ्यो !
उ सम्झना मा आइरहन्थी !!
थोरै भएनी दिनको एकचोटि त हामी भेट्थ्यौ ! कैले हतार मा टाढा बाटै हात मात्र हल्लिथ्यो त कैले समिप जोडिन्थ्यो !!
तर उसलाई केहि दिन टिचिङ क्लासको लागी बाहिर जानु पर्ने भो ! मसङ्ग भन्दै थिइ अब केहि दिन नो भेटघाट ल !
कसरी भन्न सकेकी होलि जस्तै लागेको थियो !
संयोग कस्तो बन्यो भने रेखा टिचिङ क्लास जानु मेरो थाइल्यान्ड अप्लाइ एप्रुभ हुनु !!
घरमा गए, पारिवारिक बिदाइपछी भैरहवा एअरपोर्ट हुदै काठमाडौं अनि अर्को दिन बैंकक उडें म ,
फरक माहोल फरक परिस्थितिमा केहि समय अल्झिनु र आफुलाइ अल्झाउनु त थियो नै !
बैंकक को Crown Plaza मा गेस्ट रिलेसन एजेन्ट ( GSA) Front office मा जब join गरें !
अजनबी ठाउँ अनि अजनबी मान्छे मलाइ आफुलाइ स्थापित गराउनु सारै गार्हो भैरहेको थियो !!
बैंकक पुगेको 15 दिन पछि बुटवल बहुमुखी क्याम्पस को अगाडि को स्टेसनरी मा रहेको PCO मा फोन गरेर रेखा लाइ बोलाए !
कुरै भएनन् रेखा रोइरही एकोहोरो रोइरही म मात्र बोलिरहे !! … … … …
प्रेम पाण्डे “मन को साथी “