गृहपृष्ठ खबर नजिकको तीर्थ हेला भयो प्रदेश सांसद पन्थी

नजिकको तीर्थ हेला भयो प्रदेश सांसद पन्थी

प्रकाशित मिति:

साउन १२
बाणगंगा नगरपालिका चारनम्बर स्थित रोटरी क्लब अफ कपिलवस्तुले शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी बोलबम जलार्पण श्रावणी मेला कार्यक्रमका श्रद्धालु भक्तजनहरुलाई स्वागत, जलमान एवम् सम्भावित रोटरी सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । बोलबम धामका भक्तालुहरुले बाणगंगा, लक्ष्मणघाट, त्रिवेणीधाम, देवघाटधाम, रिडीको रुरु क्षेत्रबाट वैदिक विधिले गंगाजल उठाई बोलबमको भजन किर्तन सहित सैनामैना नगरपालिका वडा नं. १ स्थित प्राचीन एवम् एतिहासिक स्वयम् उपत्तिमान श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्गमा श्रद्धालु भक्तजनहरुले जर्लापर्ण गर्ने गर्दछन् । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद विष्णु प्रसाद पन्थीले नजिकको तीर्थ हेला भएको बताउँदै बाणगंगाको ऐतिहासिक एवम् पौराणिक महत्व रहेको उल्लेख गर्दै यस क्षेत्रको विकासका लागि प्रदेश र नगर सरकारले व्यापक पहल गर्ने बताउनुभयो । पन्थीले बाणगंगाको महत्व बुझाउँदै, कपिलधाम, नन्दनगरलगायतका स्थानहरुको दिगो विकास गरी आन्तरिक पर्यटन भिœयाउन सकेमात्र यस क्षेत्रको विकास हुने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि बाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद थारुले बाणगंगा क्षेत्रको विकासका लागि नगरपालिका निश्चित बजेट छुट्याएको र आगामी दिनमा थप बजेटको व्यवस्था गरी लक्ष्मणघाट क्षेत्र र यस नगरमा रहेका धामहरुको समेत विकास गरिने बताउनुभयो । कार्यक्रममा कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेन, सिद्धार्थ नगर विकास समितिका अध्यक्ष विष्णु थापा, बाणगंगा न.पा. १ का वडा अध्यक्ष बालकुमारी पन्थ, ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री, पर्रोहा बोलबम धामका यात्रा संयोजक रामु भण्डारीले आ–आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, पत्रकार कृष्ण प्रसाद पौडेल, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्र के.सी. लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा भिषण वर्षाका वावजुद करिब ५ सय भक्तालु श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष बासुदेव घिमिरेले प्रदेश सांसद विष्णु प्रसाद पन्थीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य टोपनारायण भण्डारीको रहेको थियो भने कार्यक्रममको अध्यक्षता रोटरी अध्यक्ष बासुदेव घिमिरे, कार्यक्रमको संचालन द्वितीय उपाध्यक्ष माधवभाट क्षेत्रीले कार्यक्रमको संचालन गर्नुभएको थियो । साउनमा नेपालको जुनसुकै भूभागमा बस्ने मानिसहरूले पनि यस महिना विशेष रूपमा भगवान् शिवको पुर्जा अर्चनाका साथ ब्रत बस्ने परम्परा रही आएको छ । महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगाएर साउन आएको महसुस गराउँदछन् भने भगवान् शिवको पूजा गरी ब्रत बस्ने गर्दछन् भने पुरुषहरू पनि पहेलो वस्त्रमा सजियर शिवको मन्दिर पूजा अर्चनाका लागी जाने गर्दछन् । हिन्दुधर्मालम्बीहरू साउन माहिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन् ।

सम्बन्धित् समाचार