गृहपृष्ठ कला/साहित्य कविता-पण्डित र दमिनी

कविता-पण्डित र दमिनी

प्रकाशित मिति:
कविता
पण्डित र दमिनी

एउटी नानी , 
कतै पोखिरहेकी छिन्, वेदनाका पोकाहरू
अश्रुभेल बर्सिरहेको छ, त्यो बगरको पत्थरहरूमा ।
अस्मिता छोपी हिँड्दै छिन् उनी, कर्कलाका पातहरूले

उ पा......री पट्टिबाट,
एक बटुवा नियाली रहेछ,
उनको जवानी ,

उनी निस्सासिरहेकी छिन् 
आफ्नै घरभित्रको आगोको धुवाँमा
उनी चिच्चाईरहेकी छिन्, 
मुठीभरको श्वास,
गगाँसरी आफ्नो जवानी,
अनि आफ्नै अस्मिता
जोगाउनु छ उनलाई ।

ती रावणहरू लखेटीरहेछन्,
आफ्नै बाका अनुहारहरूले सताई रहेका छन्
आफ्नै दाइ-भाइ जस्ता अनुहारहरूले लुछिरहेका छन्
आफूजस्तै नारीका रूपहरूले नङ्गाईदिएका छन्
एक बालिकालाई ।

अहो !
कस्तो तकदिर लेखिदिएछ भावीले पनि
एउटा अँध्यारो कुनामा बर्सिन थाल्छ 
आशुका ढिक्काहरु,
मनभित्रका रहरहरू,
त्यही अँध्यारो कोठीबाट निस्कन थाल्छ,
वेदनाका स्वासहररु

यत्तिकैमा वित्दैछ 
पल्लो घरकी दमीनी कान्छीको दिन
दिनहुँ जस्तो ओल्लो घरे पण्डितले,
लुछिरहेको छ उनलाई
चुँडिरहेको छ उनका रहरहरू,
च्यातिरहेको छ कोपिलालाई
र बनाउँदै छ गुडिया
एक दमीनी बालिकालाई ।

म सोची रहेको छु
लाग्छ यो त वर्षौँ देखिको
परम्परा नै बनिसकेको छ ।

यो समाज यस्तै रहेछ
सुखमा सबै रमाई दिन्छन्
दुखमा गलत्ताईदिन्छन् ।

त्यही पण्डितलाई 
उसले छोएको पानी चल्दैन
देवताले श्राप्छ उसलाई
तर उसैलाई कलकलाउदो जवानी
मज्जाले चली रहेछ ।
हरे !


परिवर्तन देवकोटा

सम्बन्धित् समाचार