गृहपृष्ठ Featured नारद उवाच – अभिषेक ओझा

नारद उवाच – अभिषेक ओझा

प्रकाशित मिति:

नारद उवाच – अभिषेक ओझा

एकदिन देवर्षि नारद हस्याङ् फस्याङ् गर्दै पृथ्वी लोकमा विचरण गर्दै गर्दा सनकादि ऋषिले देखेर सोध्नुहुन्छ –
इदानीं शून्यचित्तोSसि गतवित्तो यथा जनः।
तवेदं मुक्तसङ्गस्य नोचितं वद कारणम्।।

देवर्षे! हाम्रो त धन भनेकै भगवान् को नाम हो अनि जुन धन कसैले चोरी गर्नै सक्दैनन् भने हजुर यसरी किन भौतारिरहनुभएको ? जस्तो कि – मानौँ कुनै सेठको पैसा हराएको छ। बताउनुस् हजुरको चिन्ताको कारण के हो ?

नारद उवाच –
हे ऋषिहरू ! म कहाँ गइनँ ? म जान बाँकी ठाउँ नै कहाँ छ र ? तर पनि हामीले श्रीमद्भागवत रूपी औषधोपचारद्वारा शोकरोगभोकको जडैदेखि उखेले तापनि हे महाराज! आज भक्ति महारानी र उनका दुई राजकुमार ज्ञान र वैराग्य कता गए गए , कसले अपहरण गरे थाहा छैन तर मैले खोज्न बाँकी ठाउँ कतै रहेनन्। यसो मैले सोचेँ हरिक्षेत्र , कुरुक्षेत्र , श्रीरङ्ग , सेतुबन्धन घुमेर खोज्दा पनि नभेटेपछि “यामुनं तटमापन्नो यत्र लीला हरेरभूत्” जहाँ भगवान् नन्दनन्दन यशोदानन्दन कन्हैयाले लीला गरेको ठाउँ याद् आउँछ र म त्यहाँ जान्छु। ट्रेन लेट भएको कारणले म साँझ पुग्छु यमुना तटमा। जहाँ कोही माछालाई आँटा खुवाउँदै हुन्थे , कोही सेल्फी खिच्दै हुन्थे , कोही कलियुगका कृष्ण झैँ गोपिनीहरूलाई डुङ्गामा राखेर यमुना घुमाउथे मैले मेरो दुःख निवृति गर्ने कोही देखिनँ। हे ऋषिहरू ! मैले चौतर्फी आँखा घुमाउँदै गर्दा त्यहाँ एक आश्चर्य घटना देखेँ ध्यान दिएर सुन्नुहोला – ” तत्राश्चर्यं मया दृष्टं श्रूयतां तन्मुनीश्वराः।।”

तल धोती माथि च्यादर लपेटेको एक बालक खिन्न मनले हातमा झोलीमाला लिएर केही जपिरहेको देखेँ उसको आँसुले बालुवा मुछिएको छ , अनि मुछिएका बालुवामा ठूलो अक्षरले “परमानन्द काव्य सरिता” लेखिएको छ। मलाई अचम्म लाग्यो र मैले नजिकै गएर हेरेँ
– बालक!
जी महाराज!
– ऐसी चिन्ता क्यूँ ले रहेहो ? और तुम कहाँके रहेनेवाले हे ?

बालक केही बोल्न चाहेन अनि मैले आफ्नो दिव्य शरीर को दर्शन गराएँ र त्यो बालक भाव विह्वल दण्डवत् गर्दै भन्न थाल्छ।
-अरे अरे महाराज! मैँ नेपालके रहने वाले हूँ।
– बालक! क्या मैँ नेपाली भाषाका प्रयोग कर सक्ताहूँ ?
-जी महाराज बिल्कुल।

-बाबू ! किन चिन्तित छौ ? भगवान् का भक्तले चिन्ता होइन चिन्तन गर्नुपर्छ। भन तिम्रो दुःखको कारण के हो ? यहाँ के लेखेका छौ ?
– महाराज ! अरु के बताउँ ? राष्ट्र परमसन्त ब्रह्मलीन स्वामी परमानन्द गुरु स्मृतिको पूर्वसन्ध्यामा हुने भव्य कार्यक्रममा उपस्थित हुन सक्दिनँ भन्ने ठूलो डर लागिरहेको छ। कार्यक्रम नजिकिँदै छ , समय सकिदैछ। ट्रेनमा जाउँ लाष्टै लेट हुन्छ , बसमा जाउँ बस पाइँदैन , प्लेनमा जाउँ टिटि छैन पैसा छैन। के गरौँ महाराज ?
-“वृथा खेदयसे बाल! अहो चिन्तातुरा कथम्।”
बाबू! यति सानो कुरामा किन चिन्ता लिन्छौ ? म पुष्प विमान ल्याम्ला त्यसमै चढेर जाम्ला।
– ” बहुधा तब वाक्येन दुःखशान्तिर्भविष्यति।
यदा भाग्यं भवेद्भूरि भवतो दर्शनं तदा।।”
महाराज! हजुरको सानो वाक्यले हर् प्राणीको दुःख शान्ति हुनेछ। जब भाग्योदय हुन्छ अनि हजुरजस्तो महान् सन्तको दर्शन हुन्छ। हजुरलाई कोटि कोटि नमन??

यसप्रकार बालक म प्रति खुशी हुन्छ। म बालकलाई लिएर सबैभन्दा पहिला कैलाश जान्छु। कैलाशमा गएर भवानीशंकरलाई निमन्त्रणा गर्छु। ब्रह्मलोक जान्छु त्यहाँ गएर ब्रह्मा र ब्रह्माणीलाई निम्तो गर्छु। वैकुण्ठ जान्छु लक्ष्मी नारायणलाई invitation card दिएर साकेत धाम जान्छौं जहाँ गएर सीतारामलक्ष्मणलाई सुपारी दिन्छौं। सीताराम हनुमानको राज्यमा जान पाउँदा गद्गद् हुनुहुन्छ। हामी गोकुल जान्छौं र वहाँ पुगेर रुक्मिणीको हातबाट बनेको मीठो कफी पिउँदै कृष्णसँग सोध्छु – हे नाथ ! जहाँ भक्ति हुन्छिन् त्यहाँ म हुन्छु भनेर आफैं भन्नुहुन्छ। मैले सारा ब्रह्माण्ड मा खोजिसकेँ तर कतै पनि भक्ति र दुई पुत्रलाई भेटिनँ। कृपा गरेर बताबक्सियोस्। भगवान् बालक तिर हेरेर मुस्कुराउनु हुन्छ , बालकले पनि same to you को भाव झल्काउँछ। मलाई उद्घोष गर्दै भन्नुहुन्छ – नारद! तिमी आफ्नो विमानमा हालेर जसलाई डुलाउँदै छौ , उसैसँग छ तिम्रो उत्तर। जुन कार्यक्रमको प्रचारप्रसार गरेर हिड्दैछौ त्यही स्थानमा छन् तिम्रा हराएका मुन्छेहरू। कफी सके लगत्तै हामी त्यहाँबाट हिड्छौँ स्वर्ग तिर। रास्ता तताउँदै गर्दा तातेर परै रहेको एक कुनामा देखिन्छ स्वर्ग ५०० km. म बालकलाई सोध्छु।

– बालक! भन त भक्ति,ज्ञान,वैराज्ञ कहाँ छन् ?
– महाराज! तनहुँ , चितवन , नवलपरासी तीन जिल्ला उनीहरूकै स्वरूप हो तर उनीहरूमाथि डिस्को , महोत्सव आदिले हेपेको कारणले गर्दा उनीहरू देवघाटको गलेश्वर , महेश र हरिहर तीन आश्रम बनेर बसे।

यत्तिकैमा हाहा हुहु नाम गरेका गन्धर्व कराउँछन् स्वर्गलोक , स्वर्गलोक। यस्तो सुन्ने बित्तिकै बालकले काठमाडौंका खलासीहरुको कहानी सुनाउँछ। हामी भीषण कार्यक्रम राख्छौं , जुन कार्यक्रममा निमन्त्रणा वाक्य बोल्दै गर्दा मायक बिग्रन्छ। बालकले तुरुन्त कतै फोन गर्छ र मायक बनाउछ।

हामी सम्पूर्ण स्वर्गमा कार्यक्रम गरिरहँदा लेखनाथ , लक्ष्मीप्रसाद , भानुभक्त , भूपी सबै कविहरू खुशीले गद्गद् हुँदै आउने जानकारी गराउँछन्। हामी सबैलाई निमन्त्रणा गर्दै , सम्पूर्ण लोक भ्याउँदै बनारस तिरको यात्रा तय गराउँछौ। एउटा ठूलो पुलको शिरमा लगाइएको शिरपेचमा लेखिएको देखेँ बनारस ८६५ किलोमिटर। म फेरि सम्बाद अगाडि बढाउँछु।

– बाबु! मायक बिग्रदै गर्दा सबैले ट्राइ गर्दा पनि नबनेको इलेक्ट्रोनिक तिमीले एकैचोटिमा कसरी बनायौ ?
– महाराज! मेरो एउटा साथी छ अभिषेक तिवारी उसलाई सोधेर बनाएको हूँ।
– आहा! यति धेरै ट्यालेन्ट केटाको दर्शन कहाँ पाइन्छ होला ?
– महाराज ! यस्तै अनेकौं विधिका अनेकौं ट्यालेन्टहरूको भेट पनि काव्य सरितामा हुँदैछ।
– बालक ! तिमी यति नराम्रो छौ तर तिम्रो फेसबुकका फोटाहरू त्यति राम्रा छन्। तिम्रा साथीहरू पनि त्यस्तै राम्रा देखिन्छन् खास कारण के हो ?
– महाराज ! हामीकहाँ काव्य सरिता कै लागि भनेर भव्य चित्र खिचिने सगरमाथा समान दिव्य DSLR ले काजलले सजिएका नयन झैँ लोभलाग्दो गजलकारहरूको , मेचीमहाकालीले ताते गराएका कविहरू , सारेगमपधनिसा रूपी सात प्रदेश संगीताचार्यहरूको संगीतसँगै समस्त देवघाटको प्रस्तुति र मयुर-डाँफे स्तरीय नाट्यकर्मीहरू को चरित्र खिचिने छ।

बनारस , बनारस , बनारस !!! एउटा बालक कराउँछ। जसको नाम सुशील। देवघाटको विद्यार्थी। वादविवाद प्रतियोगितामा प्रथम। हामी बधाई दिन्छौं। सुशीलले हामीलाई लिएर सिधै आफ्नो आश्रममा जान्छ। हामी सबैको प्राण , आश्रय नवराज गुरुको आशिर्वाद लिँदै निमन्त्रणा दिँदै निस्कन्छौँ। ईश्वरलाई चिठी लेखक मनोज भण्डारी। जसको कृति मैले नै भगवान् समक्ष पुर्‍याएको थिएँ। भगवान् ले अर्पण के पुरस्कार दिनुभयो , बनारसमा के के जाति पुरस्कार पाएकोमा हामी बधाई दिन्छौं र सुन्छौँ काव्य सरिताको महिमा र मेरो शंका निवारण।

मनोज उवाच –
काव्य-सरिता यस्तो कार्यक्रम हो जहाँ निःशुल्क प्रवेश पाइन्छ , ज्ञानगुनका कुरा , देशमा कहलिएका अग्रगण्य साहित्यकारहरूको आगमन , स्वामीजीहरूको आशिर्वाद। हजुर खुट्टा लिएर आउनुस् निधार लिएर जानुस्। अरु त अरु…
महाराज ! हजुरले खोज्नुभएको भक्ति, ज्ञान, वैराज्ञ काव्य-सरितामा साहित्य , संगित र कलाको रुपमा आउँछन्। कुरा यसरी बुझ्नुस् काव्य-सरिता महिमा।।।

हामी सरासर पुनः वृन्दावन फर्किन्छौँ। बालकलाई त्यहीँ छाडेर फेरि लिन आउने वाचा सहित म कार्यक्रम प्रचारप्रसारका निम्ति हजुरहरूसँग आएको छु बिन्ती छ मेरो निमन्त्रणा स्वीकार्नुहोला??

सनकादि भन्नुहुन्छ –
देवर्षे! यो पनि भन्ने कुरा हो। हाम्रो तन मात्रै यहाँ छ मन त अस्ति देखि नै कार्यक्रमको भव्य पूर्वतयारीको निम्ति रोयल देवघाट चढेर गैसक्यो।
– हस् म पनि प्रचारप्रसारको निम्ति हिँडे।

नारदजी आएर निम्तो दिए पनि नदिए पनि हजुरहरूलाई जानकारी हओस् कि काव्य-सरितामा हामी सबै जानुपर्छ।

 लेखक : अभिषेक ओझा 

सम्बन्धित् समाचार