गृहपृष्ठ Featured व्यवसायिक तथा सिप विकास वेटर , वेट्रेस तालिम सम्पन्न ।।

व्यवसायिक तथा सिप विकास वेटर , वेट्रेस तालिम सम्पन्न ।।

प्रकाशित मिति:

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत व्यवसायिक तथा सिप विकास वेटर , वेट्रेस तालिम होटल माछापुक्ष्रे को हलमा सम्पन्न भएको छ । तालिम प्रतिष्ठान बुटवल रुपन्देहि र लुम्विनी पोलिटेक्निक इन्स्टिच्युट प्रा .लि.को सहकार्यमा संम्पन भएको हो । आ. व. २०७५–०७६ मा मिति २०७६–०१–३० देखि ०७६–०२¬¬–३० गते सम्म संन्चालित निसुल्क एक महिने वेटर , वेट्रेस तालिममा यस क्षेत्रका ४० जना युवा युवतिहरु सहभागि थिय । ति मध्य ४ जनाले रोजगार समेत पायको लुम्विनी पोलिटेक्निक इन्स्टिच्युट प्रा .लि.का निर्देशक छवि भण्डारिले वताए । कार्यक्रममा सम्पुर्ण प्रशिक्षार्थि लाई प्रमाण पत्र वितरण गरिएको थियो । सोहि एक महिने तालिमको प्रशिक्षण छविलाल थापाले दिनु गराउनु भएको हो । कार्यक्रममा लुम्विनी पोलिटेक्निक इन्स्टिच्युट प्रा .लि.का निर्देशक छवि भण्डारिको अध्यक्षता , नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव सुमन घिमिरेको प्रमुख आतिथ्यता, व्यवसायिक तथा सिप विकाश तालिम बुटवलका कार्यकारि निर्देशक तिलकराम रिजाल र बाणगंगा नगरपालिका वडा न.४ का अध्यक्ष गणेश क्षेत्रिको विशिष्ट आतिथ्यता रहेको कार्यक्रमको सन्चालन लुम्विनी पोलिटेक्निक इन्स्टिच्युट प्रा .लि का प्रबन्ध निर्देशक अरुण अर्याल ले गर्नु भएको थियो ।

सम्बन्धित् समाचार