वैखरी अनलाइन भाद्र ५, कपिलवस्तु
‘हामी सेवा गर्छौ ‘ भन्ने मुल मन्त्र लाई आत्मसाथ गर्दै करिब दुई बर्ष अघि कपिलवस्तुको उत्तरी क्षेत्रमा स्थापना भएको लायन्स कल्ब अफ कपिलवस्तुले आज एक कार्यक्रमका बिच मृगौला पीडित प्रकाश बिक्रम जि.सी लाई नगद सहयोग प्रदान गरेको छ ।
जिल्लाको शिवराज नगरपालिकामा स्थायी बसोबास गर्दै आइरहनु भएका मृगौला पीडित प्रकाश बिक्रम जि.सी लाई लायन्स कल्ब अफ कपिलवस्तुले नगद रू २०१०० बीस हजार एक सय रूपैयाँ
सहयोग प्रदान गरेको हो ।
सहयोग प्राप्त गरे पछि पीडित जि.सी ले कल्बको सहयोगले आफूलाई उर्जा प्रदान गरेको बताउनु भयो उहाँले भन्नू भयो ‘संसारमा जन्म लिए पछि मृत्यु निश्चित छ , एक दिन पक्का मरिन्छ भन्नू भन्दा अब मर्ने दिन नजिक छ भन्दा पीडा धेरै हुने र जिन्दगी निराशाजनक हुन्छ ‘ सरकारले मृगौला पीडितलाई निशुल्क ‘डाइलासिस’को व्यवस्था गरे पनि अन्य प्राविधिक कुराहरूमा खर्च धेरै हुने र परिवारको मुख्य मान्छे नै काम ‘अर्थोपार्जन’ गर्न नसक्ने भए पछि परिवारलाई दैनिक गुजारा चलाउन समेत समस्या भएको उहाँको गुनासो थियो ।
क्लबका संस्थापक अध्यक्ष कृष्ण के .सी ले हाम्रो स-सानो सहयोगले मृगौला पीडितको दैनिकी सहज हुने हुँदा जिल्लामा रहेका अन्य सामाजिक संस्थाहरूलाइ समेत मृगौला पीडित प्रकाश बिक्रम जि सी लाई सहयोग गर्न आग्रह गर्नु भयो ।










