कपिलवस्तुको वाणगंगा नगरपालिका ७ मा बसको ठक्कबरबाट एक महिला घाईते भएकी छन् । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु २ ख २१४२ नम्बरको बसले वाणगंगा ७ घेरवा बनगाईमा बाटो काट्दै गर्दा एक महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । घाईते महिलाको पचिान हुन सकेको छैन ।
अनुहार र उनको टाउको मा चोट लागेको छ । उनलाई एम्बुलेन्स मार्फत कपिलवस्तु सामुदायिक अस्पतालमा पठाईएको छ । ठक्कर दिने बस भने नियन्त्रणमा आउन सकेको छैन । घट्नाको अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।