गृहपृष्ठ पत्रपत्रिका बाट ओली आफ्नै सांसदसँग असन्तुष्टः सरकारको बचाउमा नदेखिएको आरोप

ओली आफ्नै सांसदसँग असन्तुष्टः सरकारको बचाउमा नदेखिएको आरोप

प्रधानमन्त्री केपी ओलीले बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नै पार्टीका सांसदसँग् असन्तुष्टि व्यक्त गरेका छन् ।

सांसदहरु सरकारको बचाउमा नदेखिएको र महत्वपूर्ण विद्येयक पारित गर्न सक्रिय नभएको गुनासो प्रधानमन्त्रीको छ ।

प्रतिपक्षि कांग्रेसलगायत ‘पुरुत्थानवादी शक्ति’ ले जनतामा भ्रम छरेर सरकारलाई घेराबन्दी गर्ने प्रयास गरिरहे पनि त्यसको विपक्षमा सांसदहरु सशक्त रुपमा नउभिएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका हुन् । बर्खे अधिवेशन असोज २ मा सकिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

सम्बन्धित् समाचार