गृहपृष्ठ खबर मंगलापुरमा कबड्डि प्रतियाेगिता सुरु

मंगलापुरमा कबड्डि प्रतियाेगिता सुरु

प्रकाशित मिति:

 

उमेश बि.क/ नवलपरासी /  कार्तिक /

नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ पृथ्वीबस्ती मंगलापुरमा दिपावली तथा छठ पर्बकाे अवसरमा कबड्डि प्रतियाेगिता सुरु भएको छ।

पृथ्वी युवाक्लब मंगलापुरको आयोजनामा क्लबका अध्यक्ष ह्रदेश कोईरीको अध्यक्षता तथा सरावल गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष छोटेलाल यादवको प्रमुख आतिथ्यतामा कबड्डि प्रतियाेगिता सुरु भएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै वडा अध्यक्ष यादवले सरावल गाउँपालिकाले खेलकुदको विकासमा टेवा पुर्याउने कार्य गर्दै खेलकुदमैत्री गाउँपालिका बनाउन लागिपरेको बताउनुभयो । सरावल गाउँपालिका कबड्डी खेलको विकासमा फड्को मारेको बताउदै मंगलापुरमा यो खेलको आकर्षण पनि बढेको बताउनुभयो ।

कार्यक्रममा वडा नं ४ का वडा सदस्य सुर्य नारायण यादव, समाजसेवीहरु सम्सुदिन मिर्जा वेग, जन्मजय यादव, राजु यादव लगाएतले मन्तब्य राख्नुभएको थियो ।

प्रतियोगितामा प्रथम पुरस्कार १६ केजी कुखुराको मासु, दितृय टिमलाई १२ केजी कुखुराको मासु र तृतीय टिमलाई १० केजी कुखुराको मासु रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा २१ अाेटा कबड्डि समुहकाे सहभागीता रहेको छ।

सम्बन्धित् समाचार