गृहपृष्ठ खबर लायन्स क्लव अफ कपिलवस्तु द्धारा मधुमेह रोगको नि. शुल्क परिक्षण

लायन्स क्लव अफ कपिलवस्तु द्धारा मधुमेह रोगको नि. शुल्क परिक्षण

विश्व मधुमेह दिवसको अवसर पारेर लायन्स क्लव अफ कपिलवस्तुको आयोजनामा  जितपुरमा मधुमेह रोगको नि. शुल्क परिक्षण गरिएको छ ।
पछिल्लो समय खानपान र अन्य कारणले मधुमेह रोगीहरु बढ्दै जान थालेपछी यसको न्युनिकरण गर्ने उदेश्यले लायन्स क्लवले विगतका वर्षहरु जस्तै यसवर्ष पनी शिविरको आयोजना गरेको लायन्स क्लव कपिलवस्तुका संस्थापक अध्यक्ष कृष्ण के.सी ले बताए ।

शिविरमा यस क्षेत्रका करिव २ सय जनाले परिक्षण गराएका छन् । जसमध्ये ४३ जनामा लक्षण देखिएको सि.एण्ड . सि अस्पतालका चिकित्सकको भनाईलाई उद्धित गर्दै लायन्सका कोषाध्यक्ष राम सुभागे थारुले बताए ।

शिविरको पुर्वसन्यामा पिपरादेखि ४ नं जितपुर संम्म ¥याली समेत गरिएको थियो । ¥यालीमा पारिजात बोङ्गिग स्कुल, ज्ञानपुन्ज , सयपत्री क्याम्पस जनता मा. वि पिपरा , लायन्स तथा लियोका पदाधिकारी सुरक्षा निकाय , स्थानिय लगाएतको उपस्थिति रहेको थियो । शिविरको सुरुवातमा उधोग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलको स्वास्थ्य परिक्षण गरिएको थियो ।
सो क्रममा बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु , वडा नं २ का वडा अध्यक्ष विष्णु पौडेल, ने.क.पा नगर कमिटि अध्यक्ष शंकर पाण्डे , लगाएतले पनी स्वास्थ्य परिक्षण गराएको लायन्सका पि.आर.ओ . झविलाल भट्टराईले जानकारी दिए । शिविर लायन्स क्लवका उपाध्यक्ष सुरेन्द्र घिमिरेको संयोजकत्व र सि. एण्ड सि अस्पतालको प्रविधिक सहयोगमा संम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार