गृहपृष्ठ खबर लुम्बिनीमा शुरू भयो ‘न्यूज फेस्टिवल’

लुम्बिनीमा शुरू भयो ‘न्यूज फेस्टिवल’

प्रकाशित मिति:

वैखरी  मंसिर १ ,

लुम्बिनी प्रेस क्लवको आयोजनामा लुम्बिनीमा न्युज फेष्टिवल सुरु भएको छ । देशभरका पत्रकारहरुको सहभागीता रहेको न्युज फेष्टिवल नेपालमै पहिलो पटक आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले देश विकासको लागि मिडियाको भुमिका महत्पूर्ण हुने बताएका छन् ।

मुख्यमन्त्री पोख्रेलले सकारात्मक चिन्तनले मात्र देशको बिकाश सम्भंव हुने भन्दै जन स्तरमा सकारात्मक चिन्तन वृद्धि गर्ने खालको विषयमा पत्रकारहरू लाग्नुपर्ने एवम्  सभ्यताको विकास गर्न लुम्बिनीले महत्वपूर्ण योगदान पुर्याएको भन्दै लुम्बिनीको संदेश रास्ट्रव्यापी रूपमा प्रवाह गर्नु पर्ने कुरामा जोड दिएका छन् ।

न्यूज फेस्टिवल कार्यक्रम आगामी मङ्सिर ३ गते सम्म जारी रहने छ।

सम्बन्धित् समाचार