गृहपृष्ठ खबर ‘मंगलवार देखि बलिराम मुराउ वेपत्ता’ सक्दो शेयर गरेर खोजी कार्यमा सहयोग गरौँ

‘मंगलवार देखि बलिराम मुराउ वेपत्ता’ सक्दो शेयर गरेर खोजी कार्यमा सहयोग गरौँ

धीरज काेरी
कपिलवस्तु जिल्लाकाे कृष्णनगर नगरपालिका वडा नम्बर १ गुर्चिहवा बस्ने २० वर्षिय बलिराम मुराउ मंगलवार मंसिर ३ गते साझा ७ बजे देखी वेपत्ता भएका छन् ।
बलिरामका आफन्तहरु र कृष्णनगर इलाका प्रहरी द्वारा खोजी कार्य तीब्र पारेका छन।

आफन्तको भनाई अनुसार मंगलवार बेलुकी पख मोटरसाइकिल लिएर कृष्णनगर बजार आएको र राती घर फर्केर नगएकोले खोज तलास गर्दा त्यहीँ दिन मदरहनिया गाँउ को उत्तर र शिवानगर गाँउको दक्षिण कच्ची सड़क खण्डमा मोटरसाइकिल मात्र भेटाएको र मोटरसाइकिल को लाइट फुटेको अवस्थामा भेटिएको छ बलिराम मुराउको अवस्था बारे अहिले सम्म पनि कुनै जानकारी प्राप्त भएको छैन ।

बलिरामलाइ कहिँ कतै देख्नु वा फेला पार्नु हुनेहरूले
कृष्णनगर इलका प्रहरी लाईसम्पर्क गर्न परिवारले अनुरोध समेत गरेको छ
मोबाइल नम्बर 9857055360 (इलाका प्रहरी)
टेलीफोन नम्बर 076520052(इलाका प्रहरी)
मोबाइल नम्बर 9817413367(आफन्त ओमकार मुराउ)

सम्बन्धित् समाचार