गृहपृष्ठ खबर वडा अध्यक्ष गिरिको नचाहिने दम्भका कारण बरालले दुख पाए (प्रमाण सहित)

वडा अध्यक्ष गिरिको नचाहिने दम्भका कारण बरालले दुख पाए (प्रमाण सहित)

कपिलवस्तुको बाणगंगा नगरपालिका एक वडा अध्यक्षका कारण सुर्य प्रसाद बराल परिवारले दुख पाएको पाइएको छ । बुवा आमा काग्रेस हुदा र पुरानो जग्गा रिसिबि कारण सुर्य प्रसाद बरालकी छोरीलाई नागरिकता नदिएको वडा नः ७ का वडा अध्यक्ष बिष्णु गिरिको नचाहिने दम्भ रहेको पाइएको हो ।

बिभिन्न बहाना बनाउदै आलटाल गर्दै आएर अन्त्यमा बसाइ सराई गरी जानु भनी गैर जिम्मेवार जवाफ दिएका गिरि अहिले बराल परिवारको पछि लागी बदनाग गर्न लागी परेका हुन । जसको प्रमाण मगंलबारको घटना रहेको छ । भदौमा मिलि सकेको घटनालाई लिएर विभिन्न सञ्चार माध्ययममा गई झुटो समाचार प्रशारण गरे । त्यस लगत्तै वैखरी अनलाइनले प्रमाण सहित समाचार प्रशारण गरेपछि सच्चाएर प्रकाशन गर्नुका साथै गल्ती महशुस भएको समेत बताएका छन ।

सबै भन्दा बढि अच्चमको बिषय त यो छ कि वडा अध्यक्ष गिरिले बराललाई बदनाम गर्नका लागी लिएर हिडेको अदालतको कागजमा समेत बरालको ठेगाना कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ७ नै उल्लेख छ । तर उनले बराल वडाबासी स्वीकार गर्न चाहादैन्न । उता बरालकी छोरी सुस्मीताले नागरिकता नपाउदा उच्च शिक्षा अध्ययनबाट बञ्चीत भएकी छन ।

वडा अध्यक्ष गिरिले बरलको बदनाम गर्न आफैले लेखेर सञ्चार माध्ययममा बुझाएको समाचारको नमुना

सम्बन्धित् समाचार