गृहपृष्ठ प्रदेश नं ५ कपिलवस्तुमा २८ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

कपिलवस्तुमा २८ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

प्रकाशित मिति:

धीरज काेरी
कपिलवस्तु,मंसिर १७।
कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवामा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्य रुपमा मनाइएको छ।
कपिलवस्तु नगरपालिकाकाे भवन वाट र्‍याली निकालेर प्रशासन चाैक हुँदै बुद्ध पद्धम माध्यमिक विद्यालय काे खेल मैदानमा ‘ह्वविल  चियर ‘ दौड प्रतियोगिता गरिएको थियो ।

‘ह्वविल चियर’ प्रतियोगितामा प्रथम ,दोस्रो,तेस्रो र चाैथाे स्थान प्राप्त गरेका व्यक्तिहरुलाई पुरस्कार प्रदान गरेर कार्यक्रम सम्पन्न गरिएको थियो ।खेल मैदानवाट र्‍याली पुनः शुरु गरि कपिलवस्तु नगरपालिका काे सभाहालमा पुगेर अन्त्य गरिएको थियो ।

 

अपाङ्गता भएकाे विद्यार्थीहरुको चित्रकला प्रतियोगितामा सहभागिता रहेकाे थियो । चित्रकला प्रतियोगिता भाग लिएका मध्ये श्री लक्ष्मी रत्न राज्य मा.वि. की रीना कँहार प्रथम ,श्री बुद पाद्धम मा.वि काे मनिष कसाैधन दोस्रो,श्री तिलाैराकाेट मा.वि. काे अमन कुमार चाैधरी तेस्रो र श्री धर्म भक्त आधारभूत विद्यालय बभनी काे कृष्ण प्रसाद धाेवी सान्त्वना स्थान हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।


अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कार्यक्रममा कपिलवस्तु नगरपालिकाकाे कार्यालय ,दलित सामाजिक विकास केन्द्र र यूनाईटेड टु नेपाल लगायत अन्य संघ संस्थाकाे सहयाेगमा सम्पन्न भएकाे छ।

सम्बन्धित् समाचार