गृहपृष्ठ खबर विद्युतको पोलमा कार ठोक्किदा ग्लोबल आइएमई बैंकका बनगाई शाखा प्रमुख पाण्डेको मृत्यु

विद्युतको पोलमा कार ठोक्किदा ग्लोबल आइएमई बैंकका बनगाई शाखा प्रमुख पाण्डेको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तु , मङ्सिर २३ /

विद्युतको पोलमा कार ठोक्किदा कपिलवस्तुमा ग्लोबल आइएमई बैंक बनगाई शाखाका  प्रमुखको मृत्यु भएको छ । सोमबार विहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बाणगंगा ८ बोडगाँउ नजिकै पश्चिमबाट पूर्वतर्फतर्फ आउँदै गरेको बा ८ च ६३९० नम्बरको कार दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका ९ हरनामपुरका २८ वर्षीय सुरेश पाण्डेको मुत्यु भएको हो ।

तीव्र गतिको कार सडकको छेउमा रहेको विद्युत् पोलमा ठोक्किँदा गम्भीर घाइते भएका पाण्डेको बाणगंगामा रहेको  सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनालाई थप उपचारका लागि बुटवल ल्याइएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

मृतक पाण्डेको शवलाई दाहसंस्कारका लागि स्थानीय घाटमा लगिएको मृतकका आफन्तले जनाएका छन् ।

सम्बन्धित् समाचार