गृहपृष्ठ खबर जाने होइन त जगदिशपुर तालमा चरा हेर्न र संंरक्षण गर्न?

जाने होइन त जगदिशपुर तालमा चरा हेर्न र संंरक्षण गर्न?

प्रकाशित मिति:

चरा संरक्षणको क्षेत्रमा काम गर्ने स्थानीय संरक्षण समुहको राष्ट्रिय कार्यशाला जगदिशपुरमा सुरु हुदै छ ।नेपाल पन्छी संरक्षण संघको नेतृत्वमा देशभरका चरा तथा जैविक विविधताको क्षेत्रमा काम गर्ने स्थानीय संरक्षणकर्मीहरुको नेपाल चरा संरक्षण संजालको राष्ट्रिय कार्यशाला सफल पार्न चराको स्वर्ग, प्रदेश नं. ५ को महत्वपुर्ण संरक्षण तथा पर्यटकीय स्थल जगदिशपुरमा भेला भएका छन ।

आजदेखि तिन दिनसम्म चल्ने उक्त कार्यशालाको उदघाटन प्रदेश नं. ५, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका माननिय मन्त्री लिला गिरीले गर्नुहुदैछ । चरा, तिनको बासस्थान र जैविक विधिता संरक्षणमा सक्रिय देशभरका करीव स्थानिय समुदायका प्रतिनिधि, संरक्षणकर्मि र सरोकारवाला निकायका प्रतिनिधिहरु चरा संरक्षण भएका कार्यहरुको समिक्षा तथा आगामी कार्य योजनाहरुको तय तथा स्थानिय संरक्षण समुदायको शसत्तिकरणका लागि जगदिशपुर महत्वपुर्ण चरा तथा जैविक विविधता क्षेत्रमा भेला भएका हुन ।
यो कार्यशालाले चरा र तिनको बासस्थान संरक्षण सँगै स्थानियको जिविकोपार्जन, चरा अवलोकन पर्यटन प्रवद्धन र दिगो विकाशका लागि साझेदार संस्थाहरुको क्षमता अभिवृद्धि, सिकाई अनुभव साटासाट र आगामी कार्ययोजना निमार्णमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने छ ।
तिन दिन सम्म चल्ने उक्त कार्यक्रममा नेपालमा रहेका विश्वमै परीचित ३७ महत्वपुर्ण चरा तथा जैविक विविधता क्षेत्र मध्ये २५ वटा महत्वपुर्ण चरा तथा जैविक विविधता क्षेत्रका प्रतिनिधीहरु करीव ४० जिल्ला बाट सहभागि भएको नेपाल पन्छी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम व्यवस्थापक कृष्ण भुसालले जानकारी दिए ।
चरा, तिनको बासस्थान र जैविक विधिताको दिगो संरक्षणकालागि नेपाल पन्छी संरक्षण संघले स्थानिय समुदायलाई अग्रसर र जागरुक बनाउने उद्देश्यले नेपाल चरा संरक्षण संजाल सदस्यता मार्फत त्यसखालको संरक्षण संस्थाहरुलाई समेटदै आएको छ ।

सम्बन्धित् समाचार