उर्मिला यादव यात्री
पुु्स ४
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले लागु औषध सहित दुई जनालाइ पक्राउ गरेको छ ।
सरावल गाउपालिका दुई देवीनगर स्थित महेन्द्र राजमार्गमा जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाच गर्दा भैरहवा बाट पोखरा जादै गरेको दुई वटा यात्रु बाहक बसबाट लागु औषध सहित दुई जनालाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला ललितपुर गोदावरी नगरपालिका ११ चापागाउ बस्ने २६ बर्षिय नरेश लामा र जिल्ला कास्की पोखरा महानगरपालिका १५ गलेश्वर बस्ने १५ बर्षिय बिशाल सुनार रहेको छन । प्रहरीका अनुसार लामाको साथबाट डाइजेपाम २३ एम्पुल, नुफ्रिन २० एम्पुल , फेनरागन २३ एम्पुल, सिरिन्ज ४ थान, र सुनारको साथबाट फेनरागन २२३ एम्पुल, डाइजेपाम २२१ एम्पुल बरामद गरीएको छ ।
पक्राउ परेका लामा र सुनारलाइ लागु औषध मुद्धामा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनु भएको छ ।









