गृहपृष्ठ खबर पुस १० गतेदेखि दाेस्राे अन्तरदेशिय जल सम्मेलन हुने

पुस १० गतेदेखि दाेस्राे अन्तरदेशिय जल सम्मेलन हुने

उमेश बि.क / नवलपरासी ,५ पुस /

नवलपरासीमा अाउदाे पाैष १० गते देखि दाेस्राे अन्तरदेशीय जल सम्मेलन सुरु हुने भएकाे छ ।कार्यक्रम बारे जानकारी गराउने उदेश्यका साथ अाज सुस्ता गाउँपालिकामा पत्रकार सम्मेलन गरि कार्यक्रम बारे जानकारी गराईएकाे छ ।

नदि अधिकार मन्च साउथ एसिया कमिटीका संयाेजक बृजराज कुशवाहाकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनामा जानकारी गराउदै कुशवाहाले बि.स.२०६५ सालमा गरेकाे ३४ दिने पानी राेकाै अान्दाेलनकाे वगमा उपलब्धिकाे रुपमा पाएकाे २१ बुदे सहमति गरि संघर्ष समितिले गण्डक कमान्ड क्षेत्रमा १३०० कराेड भन्दा बढि रकमकाे लागतमा काम गराएकाे छ भने ३०० कराेडकाे क्षतिपूर्ति रकम, गण्डक हस्पिटल , छात्रवृत्ति मा पढन पाउने माग नेपाल सरकारकाे कुटनैतिक पहलकदमीकाे अभावमा अवरुद्घ बनेकाे र भारतीय प्रधानमन्त्रीलाई ५ पटक ध्यानाकर्षण पत्र दिईसकेकाे बताउनु भयाे ।

यहि पाैष १० गतेका दिन सुस्ता गा.पा.काे वडा ५ नारायणी नदिकाे किनार ठाडिघाटबाट बिहान ११ बजेदेखि सम्मेलनकाे उदघाटन भई दाेसाे दिन ११ गते गण्डकबासिकालागि प्रशिक्षण कार्यक्रम त्रिभुवन क्याम्पस बेलाटारीमा सन्चालन गरिने र १३ गते घाेषणा पत्र जारि गर्दै सम्मेलनकाेे बिधिवतरुपमा समापन गरिने वहाले बताउनु भयाे ।

कार्यक्रममा बङलादेशका नदि पिडित तथा जल अधिकारका अभियन्ताहरु ,पश्चिम बङाल ,बिहार उत्तर प्रदेश र नेपालकाे गण्डक क्षेत्र जनता ,नदि अधिकार कर्मी ,जल अधिकारकर्मी ,जलबिज्ञ तथा मानवअधिकारकर्मी ,पालिका प्रमुख,सांसद,पुर्व सांसद,राजनीतिक दल लगायतका सहभागी रहने जनाईएकाे छ।

उदघाटनका दिन एक हजार भन्दा बढि तथा दाेस्राे र तेसाे दिनकाे सेसनमा २ सयबढिकाे सहभागिता रहने अपेक्षा लिएकाे अायाेजकले जनाएकाे छ। गण्डक नदि नियन्त्रण संघर्ष समिति नवलपरासीका अध्यक्ष दुधनाथ गुप्ता ,जल अधिकार कर्मी बद्रि सुवेदीले गण्डक नदि सम्बन्धि प्रकाश पार्नु भएकाे थियाे ।सम्मेलन सन्चालनका लागि अावश्यक तयारीहरु तिब्र रुपमा अगाडि बढिरहेकाे छ ।

सम्बन्धित् समाचार