गृहपृष्ठ खबर सरावल गाउँपालिका द्वारा न्यानो कपडा वितरण

सरावल गाउँपालिका द्वारा न्यानो कपडा वितरण

प्रकाशित मिति:

नवलपरासीको सरावल गाउँपालिका द्वारा विभिन्न सामुदायिक बिद्यालयमा न्यानाे कपडा बितरण गरिएको छ।

पुस महिना शुरु भए लगत्तै तराईका जिल्लाहरुमा शीतलहर र बाक्लो हुस्सु लागेर चिसो बढ्दा जनजीवन प्रभावित भएको कारण
सितलहरबाट बच्नकाे लागि सरावल गाउँपालिकाका विभिन्न सामुदायिक बिद्यालयमा न्यानाे कपडा स्वरुप स्विटर बितरण गरिएको छ।

न्यानो कपडा अाज भुजहवामा अवस्थित बालमिकि प्रा.बि भटवलियामा २५० जना बिद्यार्थीलाई वितरण गरिएको हाे । यय अगावै जनशक्ति प्रा.बि दङ्गिया ,त्रिमुर्ति प्रा.बि तिलौली
र बालपुरी प्रा.बि पिपरामा गरी २०८४ जना बिद्यार्थीहरु वितरण गरिएको थियाे। र अन्य बिद्यालयलाई क्रमश बितरण गरिने अध्यक्ष चाैधरीले जानकारी दिनुभएको छ।

सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले वितरण गरेको वालवालिकालाइ जाडाे छल्न सहज हुने न्यानाे कपडा
समयानुकुल सहयोग पाएकाेमा बिद्यालयका बिद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् ।

न्यानो कपडा वितरण गर्दै गाउँपालिका अध्यक्ष चाैधरीले जाडाे अत्याधिक बढेकाे हुनाले बालबालिकालाई जुता चप्पल ,टाेपि, पन्चा, गल्बन्दि लगाउने ,माेजा र न्याने कपडा लगाउने ताताे पानी पिउनुका साथै बिशेष गरि बालबालिका बृद्ध र गर्भवती महिलालाई बिशेष ख्याल राख्न अनुराेध गर्नु भएको छ। साथै जाडो धेरै भएकोले शरीरमा ऊर्जा दिने खानेकुरा सेवन गर्नुहोस् । दूध र दूधजन्य पदार्थलगायत प्रोटिनययुक्त खाने, बाहिर हिँड्दा बाक्लो कपडा लगाउने । र जाडाे बढी भएको हुनाले अाफु र अाफ्नाे परिवारलाई बिशेष ख्याल राख्न सुचाव दिनुभएको छ।

सम्बन्धित् समाचार