गृहपृष्ठ खबर कपिलवस्तुको महाराजगन्जमा डुबेको अवस्थामा शव फेला

कपिलवस्तुको महाराजगन्जमा डुबेको अवस्थामा शव फेला

कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिका -४ काे राजपुर पाेखरीमा पुरुष शव फेला परेको छ।

हुलाकी राजमार्ग नजिकै रहेको पाेखरी मा शव डुबेको अवस्था मा फेला परेको छ। अन्दाजी करिब ३० बर्षको गहुँगोरो वर्णको खैरो ज्याकेट, निलो चेक सर्ट, कालो पाइन्ट लगाएको पुरुषको शब पानीमा डुबेको अवस्थामा फेला परेको हो।

शव डुबेको अवस्था मा देखेपछि राजपुर का स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शब नजिकै लु ४ प ९६९९ नम्बरको मोटरसाइकल समेत पाइएको ईलाका प्रहरी कार्यालय महाराजगन्जका प्रहरी नायब निरीक्षक अशोक कुमार श्रीवस्तवले जानकारी दिनु भयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार