नवलपरासीको सरावल गाउँपालिकामा गाउँपालिका स्तरीय गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

एकीकृत समाज बिकास नेपाल नवलपरासीको अायाेजना तथा घरेलु तथा साथा उद्योग कार्यालय नवलपरासीको सहयोगमा अभिमुखिकरण कार्यक्रम गरिएको हाे।
स्थानीय स्रोत साधन तथा बजार संभावना र सहभागीहरुकाे माग र अावश्यकताकाे अाधारमा लघु उद्यमहरुकाे सृजना गराई अाम्दानीकाे स्रोतमा बृद्धि गर्दै अार्थिक समृद्धिकाे बिकास गर्नु साथै राज्यको बेरोजगारी समस्या समाधान तथा गरिबी न्युनिकरण गर्नका निम्ति गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम सन्चालन भएको हाे।
कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष चाैधरीले गरिब जन्तालाई कसरी अगाडि बढाउने बिषयमा हरेक निकाय साेच्न जरुरी रहेकाे बताउदै सिपमुलक कार्यक्रम सन्चालन गर्दै युवाहरूलाई राेजगार प्रदान गर्नमा सरावल कार्यपालिका लागि परेको छ। यश लक्ष्यलाई सफल पार्नमा एकीकृत समाज बिकास नेपाल नवलपरासी र घरेलु तथा साथा उद्योग कार्यालय नवलपरासीलाई धन्यवाद दिदै गाउँपालिकाबाट चाहिने अावश्यक सहयोग र साथ हमेशा रहिरहने प्रतिब्धता ब्यक्त गर्नुभएको थियाे।
गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम वडा नं. १ देखि ३ सम्म भइसकेको र अब वडा नं. ४ मा सन्चालन गरिने उद्यम बिकास सहजकर्ता मिरा गाहाले जानकारी दिनुभएको हाे।
कार्यक्रममा कार्यपालिका सदस्य जाेखु प्रसाद गाैड, वडा नं. २ का वडा अध्यक्ष सम्भु प्रसाद चाैधरी लगाएतले अाफ्नाे मन्तब्य राख्नुभएको थियाे। कार्यक्रममा सरावल कार्यपालिका प्रमुख प्रशासकिय अधिकृत झबिश्वर रेग्मी , वडा अध्यक्ष, वडा सदस्य तथा शाखाका शाखा प्रमुखहरुकाे उपस्थिति रहेकाे थियाे।
कार्यक्रमकाे सहजिकरण जनअधिकार सराेकार महासंघ सुनवलकाे कार्यक्रम संयाेजक रमेश कुमार घिमिरे गर्नुभएको थियाे।








