गृहपृष्ठ खबर सामाजिक विकृति तथा अपराध नियन्त्रण सम्बन्धित जनचेतना कार्यक्रम सम्पन्न

सामाजिक विकृति तथा अपराध नियन्त्रण सम्बन्धित जनचेतना कार्यक्रम सम्पन्न

 

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा अवस्थित मुस्लिम समुदायको शिक्षालयको रुपमा रहेको”नईमिया मदरसा” मा जनचेतना कार्यक्रम संचालन गरिएको छ। मौलाना (शिक्षक) तथा विद्यार्थीहरुको वीचमा बिबिध सामाजिक विकृति तथा अपराध नियन्त्रणको लागी उक्त प्रशिक्षण कार्यक्रम संचालन गरेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर ले जनाएको छ।


सामाजिक विकृति तथा अपराधहरुको नियन्त्रण र रोकथाममा समुदायको भूमिका मुख्य उद्देश्य राखेर कार्यक्रम संचालन गरिएको हो । जस्मा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक प्रताप पौडेलले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए।

सम्बन्धित् समाचार