गृहपृष्ठ खबर संखुवासभाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वका कार्यकर्ता पक्राउ

संखुवासभाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वका कार्यकर्ता पक्राउ

प्रकाशित मिति:

संखुवासभा – सरदमुकाम खाँदबारीबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–६ घर भएका हरि चापागाईँ रहेको प्रहरीले जनाएको छ । प्रहरीले चापागाईँलाई सरदमुकाम खाँदबारीबाट पक्राउ गरेको हो । पक्राउ परेका चापागाईँलाई हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरिएको प्रहरीले जनाएकाे छ ।

जिल्लामा पछिल्लो समय आगजनी र तोडफोडका घटना बढेपछि प्रहरीले विप्लव कार्यकर्ता माथि निगरानी बढाएको थियाे । नचिनेका मानिसहरुकाे समूहले गएको मंसिर १८ गते पाँचखपन नगरपालिकाको को १ झ ५४० नम्बरको गाडी तोडफोड गरेका थिए ।

त्यसैगरी मंसिर २५ मा मादी नगरपालिका-५ को वडा कार्यालय भवनमा आगजनी र राम्बेनी–ओखरबोटे सडक निर्माणमा रहेको एक्स्काभेटर र एउटा मोटरसाइकलमा आगो लगाएका थिए ।

सम्बन्धित् समाचार