माघ ६, २०७६
१९ औ सुर्यमुखी खेल मेलाको उपाधि आयोजक सुर्यमुखी युवा क्लब बिजगौरीले जितेको छ ।
आईतबार एक भव्य समापन कार्यक्रमको आयोजना गरी सुर्यमुखी युवा क्लब बिजगौरीले १९ औ खेल मेलाको समापन गरेको हो माघ २ गते समापन गर्ने गरी तयारी गरेको आयोजकले लगातार बर्षाका कारण ५ गते आईतबार समापन गरेको हो ।
प्रतियोगिताको फाईनल तिन पटकको उपाधी बिजेता सुर्यमुखी युवा क्लब र २ पटकको बिजेता शिवगढी स्पोर्टिङ्ग युवा क्लब तुरुन्तपुर बिच भएको थियो ।निर्धारित ९० मिनेटको समयमा कुनै टिमले गोल गर्न नसके पछि पेनाल्टी सुट आउत मार्फत फाईनलको छिनो फानो गरीएको हो पेनाल्टी सुट आउटमा ७ गोलको बिरुद्ध ८ गोल गरेर सुर्यमुखी युवा क्लब बिजगौरीले उपाधी चुमेको हो । महिला फुटबलमा ग्रीन भिजन बनकट्टाले उपाधि जितेको छ आयोजक सुर्यमुखीलाई ० को बिरुद्ध ३ गोल गरेर खेलको उपाधि जितेको हो । खेलका सर्वाेत्कृष्ट खेलाडी सुर्यमुखी युवा क्लबका सन्दिप शाही बनेका छन ।