गृहपृष्ठ खबर सहज परियोजना अन्तर्गत सेवा प्रदायक र समुदाय बिच नागरिक संवाद कार्यक्रम सम्पन्न

सहज परियोजना अन्तर्गत सेवा प्रदायक र समुदाय बिच नागरिक संवाद कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

वैखरी अनलाइन बुद्धभूमि,
मधेश मानव गृह (माहुरी होम)को आयोजनामा शुक्रबार कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा सहज परियोजना अन्तर्गत सेवा प्रदायक र समुदाय बीच नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।
लैङ्गिक हिम्सा विरुद्द काम गर्दै आएको माहुरी होमले लैङ्गिकहिम्सा न्युनिकरणका लागि गरियका प्रयास लैङ्गिक हिम्सामा परेमा के कसरि कानुनि सहयोग पाउन सकिन्छ भन्ने विषयमा छलफल एवं अन्तरक्रिया गरियको थियो सय भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रमा सबैले आ आफ्नो प्रश्न राख्नुका साथै (माहुरि होम)को खुलेरै सबैले प्रशम्सा गरेका थिए ।
जिल्ला न्यायाधिस बसन्त जंग थापा,कपिलमणी गौतम, कपिलवस्तु जिल्ला अदालत श्रेस्तेदार चिन्तामणि शर्मा लगायतले अदालत जनताकैलागि रहेको र अदालतले स्वच्छतापुर्ण रुपमा काम गर्ने भएकाले झुटो भ्रममा नपर्न आग्रह गर्नुभयो ।

त्यस्तै जनसमुदायका बिचमा मात्र नभई अदालतमा पनि आफुहरुले सक्दो सहयोग सके निशुल्क नभए कम भन्दा कम खर्चमा काम गर्ने वातावरण सृजना गरिदिने प्रतिबद्दता समेत गर्नुभएको छ। साथै अन्यायमा परेमा नडराई प्रष्ट भन्न र समाज परिवर्तन गर्न आफैबाट लाग्नुपर्ने पनि बताउनुभयो ।
त्यस्तै, बुद्धभूमि नगरपालिका प्रमुख केशव कुमार श्रेष्ठले (माहुरी होम)ले आफ्नो अमुल्य समय नगरपालिकालाई दिएकोमा धन्यवाद दिदै आफुले सधै विकास निर्माणका कुरा गरि रहदा न्याय र सुरक्षाका विषयमा छलफल गर्ने अवसर मिलेकोमा खुसि व्यक्त गर्दै लैङ्गिक हिम्साको विभेद अन्त्य गर्न आझैबाट सुरु गर्यौ भने क्रमश टोल समाज गाउ हुदै देशमै लैङ्गिक हिम्सा अन्त्य हुने बताउनुभयो।
साथै वालविवाहको विषयमा बोल्दै एक आध घटना घट्छन त्यो पनि मागी विवाह नभई भागि विवाह रहेकाले त्यसलाई पनि क्रमश अन्त्य गर्दै जाने प्रतिबद्दता जनाउनुभयो ।

बुद्धभूमि नगरपालिका प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षता रहेको उक्त कार्यक्रममा जिल्ला न्याधिश बसन्त जंग थापा,कपिलमणी गौतम, कपिलवस्तु जिल्ला अदालत श्रेस्तेदार चिन्तामणि शर्मा, प्रहरी नायव उपरीक्षक सुनिल मल्ल o.c.m.c का डा गणेश क्षेत्री, इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका इन्पेक्टर कृष्ण राना, गै.स.स महासंघ अध्यक्ष एवम सहजकर्ता प्रविन श्रीवास्तव, वडा ४ का वडा अध्यक्ष पवन कुमार थारु, वडा १० का वडा अध्यक्ष त्रिलोकी खरबिन्द, कार्यपालिका सदस्य, वडा सदस्य, समाजसेवी, बुद्दिजिविको आथित्यता रहेको उक्त कार्यक्रमको सहजीकरण विना चौधरी, प्रतिमा राइले गर्नुभएको थियो, भने माहुरी होमकी महासचिव माया गज़वालिको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार