उर्मिला यादव सुनवल
माघ २८
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ मा अवस्थित बर्दघाट खानेपानी तथा सरसफाइ उपभोत्ता सस्था बर्दघाट को १९ औ बार्षिक साधारणसभा आज एक कार्यक्रमका बिच बर्दघाटमा सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष इन्द्र कुमार रानाको अध्यक्षता तथा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारिको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सस्थाका अध्यक्ष रानाले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै २०५५ सालमा स्थापना भएको यस सस्थाले हाल सम्म तीन हजार पाँच सय २१ निजि तथा सस्थागत धारा जडान गरि खानेपानीको सेवा पुर्याएको बताउनु भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष रानाले गत आर्थिक बर्षमा १ सय ६९ धारा जडान गरिएको बताउदै यस आर्थिक बर्ष मा १सय ५० निजि धारा थप गर्ने लक्ष्य राखिएको बताउनु भएको छ ।उहाले हाल सम्मको अवधीमा धारा जडान गर्न नसकेका उपभोक्ताहरु लाई लक्षित गरि एक घर एक धारा लाई साकार पार्नका लागि सुरु देखि नै हाल सम्म १५० घर धुरी लाई एक देखि दुई बर्ष सम्ममा भुक्तानी दिने गरि किस्ताबन्दिको रूपमा पनि धारा जडानको ब्यवस्था मिलाइएको जानकारी दिनु भएको छ । उहाँले ३हजार ५ सय ५० घरधुरी लाई आधार मानेर करिब ९९ प्रतिशत घर धुरिमा धारा जडान गरि सकेको समेत जानकारी दिनु भएको थियो ।
यस्तै गरि कार्यक्रममा संस्थाका सचिव छबिलाल देवकोटाले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै गत आर्थिक बर्ष २०७५/७६ मा सन्चालन एवम अन्य आम्दानी एक करोड ६९ लाख १ सय ६० रुपैया २६ पैसा रहेको बताउदै सस्थाको सन्चालन खर्च ,कार्यालय सन्चालन खर्च गरि ९२ लाख, ६३ हजार, पाच सय २८ रुपैया ४६ पैसा रहेको जानकारी दिनु भएको छ ।
उहाँले निर्माण सुधारमा ११लाख १६ हजार ३ रुपैया ३६ पैसा ,बिबिध सम्पत्ति खरिद यवम फर्निचर आदिमा १ लाख ३ हजार ,६ सय ९५ रुपैया ,नगर बिकास कोषको ऋणको ब्याज १ लाख ,७५ हजार ,४ सय २१ रुपैया गरि कुल खर्च १ करोड ६ लाख ५८ हजार ६ सय ४७ रुपैया ८२ पैसा रहेको जानकारी दिनु भएको थियो।
यस्तै गरि कार्यक्रममा सस्थाका उपाध्यक्ष तथा सुरक्षा योजना टोलि संयोजक धातानन्द बस्यालले खानेपानी सुरक्षा योजनाको प्रतिबेदन प्रस्तुत गर्दै खानेपानी सुरक्षा योजनाका चरणहरु,खानेपानी सुरक्षा योजना को महत्व र प्रभावकारी कार्यान्वयनका बारेमा जानकारी गराउनु भएको भएको थियो ।
यस्तै गरि कार्यक्रममा सस्थाको संचालक समिती सदस्य सरस्वती कंडेलको स्वागत मन्तबय रहेको कार्यक्रममा सन्चार छेत्रबाट सुमन गोपाल आचार्य ,पारिजात सामुदायिक बन उपभोक्ता समूह बर्दघाट ४ का अध्यक्ष चुरामनी भण्डारी , समाजसेवी लालनाथ घिमिरे , बद्री खनाल, बेलहानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बृहस्पती अधिकारी , बर्दघाट खानेपानी तथा सरसफाइ उपभोत्ता सस्था बर्दघाटको पुर्व उपाध्यक्ष तारा राना, निवर्तमान अध्यक्ष कमान सिंह थापा, समाजवादी पार्टि बर्दघाटका नगर अध्यक्ष गोपाल पाण्डे , नेपाली कांग्रसेसका नगर अध्यक्ष शम्भुलाद श्रेष्ठ , नेकपाका हरीरन्जन पौडेल, बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा नगर प्रवत्ता रबिन्द्र बिक्रम हमाल, बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल , प्रमुख अतिथी प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारी लगायतले स्वागत मन्तब्य राख्नु भएको थियो ।
यस्तै गरी गत माघ १० गते खानेपानी सुरक्षा योजनाको आयोजनामा बातावरण संरक्षणमा हाम्रो सरोकार ,स्वच्छ पानी हाम्रो अधिकार भन्ने बिषयमा बिद्यालय स्तरीय चित्रकला प्रतियोगितामा सहभागी बिद्यार्थी लगायत प्रथम , द्धितिय , र तृतिय भएका बिद्यार्थीहरुलाइ प्रमाण पत्र र नगद सहित सम्मान गरीएको थियो ।
यस्तै गरि संस्थाको ८ औं निर्वाचन कार्यक्रम आजबाटै शुरु भई आउँदो फाल्गुन १० गते सकिने संस्थाका अध्यक्ष रानाले जानकारी दिनु भयो । १० गते निर्वाचनको मिति तय गरिएको छ यस अघि सर्वसम्मतको प्रयास गरीने संस्थाका अगुवाहरुले वताएका छन् ।








