रुपन्देहीको कञ्चन गाँउपालिकामा रहेको हरैया माध्यामिक बिद्यालयमा आज सम्मान तथा भवन शिलन्यास कार्यक्रम सम्पन्न भएको छ । कञ्चन गाँउपालिकामा भर्खर सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १४ स्वर्ण सहित प्रथम स्थान हासिल गर्न सफल उत्कृष्ट मावी हरैया मावीमा आज बिजेता भएका बिद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार बितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै कञ्चन गाँउपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले हरैया मावीले शिक्षा सहित खेलकुद र अन्य अतिरिक्त कृयाकलापमा जुन सफलता प्राप्त गरेको त्यो निकै प्रशसंनिय रहेको भन्दै खुसी ब्यक्त गर्नुभएको छ । बिद्यालयका सम्पुर्ण शिक्षक र बिद्यार्थीको अथक प्रयासमा आज यो ठुलो सफलता प्राप्त गर्न सफल भएको भन्दै उहाँले हरैया मावीलाई नै अझ गुणस्तरिय तरिकाले अगाडी बढाउदै लैजान गाँउपालिकाले आवश्यक सहयोग गर्नेमा ढुक्क हुन पनि आग्रह गर्नुभएको थियो ।
“कञ्चनमा मात्रै होइन , धेरै क्षेत्रमा हरैया मावीको नाम चर्चित भएको छ, त्यसैगरी शिक्षा र शैक्षिक गुणस्तरमा पनि यस्तै नाम रहोस” उहाँले भन्नुभयो । सबैजनाले हरैया मावीमा नै बिद्यार्थीलाई भर्ना गर्छु भन्ने वातावरण सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिदै बिद्यालय भित्र देखिएका समस्यालाई समाधान गर्नेमा गाँउपालिका प्रतिबद्ध रहेको बताउनुभयो । साथै उहाँले अहिले निर्माणाधिन अवस्थामा रहेको बिद्यालय भवनको दोस्रो तला बनाउन गाँउपालिकाले जिम्मेवारी लिने समेत उद्घोष गर्नुभएको छ ।

कार्यक्रमको उद्धेश्य माथी प्रकाश पार्दै बिद्यालयका प्रधानाध्यापक मेघनाथ शर्माले बिद्यार्थीहरुले मेहेनतबाट आज हरैया मावीले यो सफलता हाँसिल गरेको भन्दै धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
बिद्यालय सधै बिद्यार्थीलाई गुणस्तरिय शिक्षा दिनेतर्फ उन्मुख रहेको भन्दै शर्माले निरन्तर बिद्यार्थीको प्रगतीको कामना समेत गर्नुभएको छ । फरक प्रसङ्गमा बोल्दै उहाँले गाँउपालिकामा बिकासका कार्यहरु भईरहेपनि राजनैतिक दलको बिद्यालयतर्फ ध्यान जान नसकेको बताउनुभएको छ ।
गाँउपालिकाका भित्र बिकास निर्माणका कार्यहरु बाटोघाटो , पुल निर्माण जस्ता कार्यहरु भईरहेपनि बिद्यालयको शैक्षिक बिकास तर्फ भने ध्यानाकर्षण नभएको होकी भन्दै प्रश्न समेत गर्नुभएको थियो । साथै शर्माले शैक्षिक बिकासका कार्यहरुमा पनि राजनैतिक दलको ध्यान पुगेमा बिद्यालयमा देखिएका समस्यालाई सजिलै समाधान गर्न सकिने प्रति प्रष्ट पार्नुभएको थियो ।
यसैबिच बिद्यालयमा बन्न लागेको पुस्तकालय भवनको आज शिलन्याश गरिएको छ । गाँउपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी गोकर्णबहादुर क्षेत्रीले भवनको शिलन्याश गर्नुभएको हो ।
बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष शेरबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष यमबहादुर क्षेत्री, हरिकला थापा , कपिल पौडेल , नेत्रनारायण शर्मा , जितहादुर क्षेत्री , लगायतको उपस्थिती रहेको थियो ।
बिद्यालयका सहायक प्रधानाध्यापक प्रकाश आचार्यको स्वागत तथा शिक्षक तुलबहादुर थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा राजनैतिक दल , बुद्धिजिवी, समाजसेवी, सञ्चारकर्मी, शिक्षक बिद्यार्थी अभिभावक लगायतको उपस्थिती रहेको थियो ।







