गृहपृष्ठ खबर वाणगंगाको छैँठौ नगरसभा : कुन कुन ऐन र कार्यविधि पारित भए ?

वाणगंगाको छैँठौ नगरसभा : कुन कुन ऐन र कार्यविधि पारित भए ?

प्रकाशित मिति:

कपिलवस्तुको वाणगंगा नगरपालीकाले छैँठौ नगरसभाबाट विभिन्न ऐन, कानुन, कार्यविधि र निर्दे्शिकाहरु परित गरेको छ । बुधवार सम्पन्न छैँठौ नगर सभाले चुनौती पुर्ण रुपमा रहेको नदिजन्य पदार्थको व्यवस्थापन ऐन लगायत विभिन्न ऐनहरु पारित गरेको हो ।

नगर सभा पछि आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराउदै नगरका उप प्रमुख चक्रपाणी अर्यालले वाणगगा नगपालिकाको छौठौ नगर सभाबाट प्रदेशको राजधानी र नामाकरणका लागि प्रदेश सरकार समक्ष माग राखेको वताए । नगर सभाले सबै वडाका फरक फरक कार्यविधि निर्माण गरेको छ ।

त्यस्तै प्राकृति स्रोत साधनलाई सरक्षण गर्न सार्वजनिक पास गर्नुका साथै वातावरण तथा प्राकृति सरक्षण ऐन २०७६, अटो रिक्सा व्यवस्थापन कार्यविधि, अपांगता परिचय पत्र कार्र्यिवत्रि, जेष्ठ नागरिक निर्र्देिशका, सार्वजनिक खरिद नियमावली कार्यविधि लगाएतका ऐन कानुन र कार्यवधि पारित गरेको हो । यस्तै नगर प्रमुखको अभिभावकत्व बालवालिकाको पोषणमा अपनत्व स्वास्थ्य सम्बन्धी नियमावली पनि पारित गरेको छ ।

नगरसभाले वातावरण तथा प्रकृति संरक्षण विधेक, प्राईभेट फर्म दार्ता विधेयक, एम्बुलेन्स सेवा संचालन निर्दे्शिका अटोरेक्सा व्यवस्थापन विधेयक, अपाङ्ग जेष्ठ नागरिक परिचयपत्र विधेयक, लगाएतका १३ वटा विधेयक पारित गरेको छ । पत्रकार सम्मेलनमा नगर प्रमुख मंगलप्रसाद थारुको अध्यक्षता तथा नगर कार्यपालीकाका पदाधिकारी, वडा अध्यक्ष लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित् समाचार