गृहपृष्ठ Featured कपिलवस्तु नगरपालिकाको मेयर क्रिकेट कप वडा नम्बर १ लाई

कपिलवस्तु नगरपालिकाको मेयर क्रिकेट कप वडा नम्बर १ लाई

प्रकाशित मिति:

वडा नम्बर चारलाई हराउदै कपिलवस्तु नगरपालिकाको तौलिहवामा संपन्न तेश्रो मेयर कप क्रिकेट नगरपालिकाको वडा नम्बर १ ले जितेको छ । वडा नम्बर ४ लाई ७० रनको फराकिलो अन्तरले हराउदै वडा नम्बर १ ले कप आफनो पोल्टामा पारेको हो । जितसंगै कप र नगद ४० हजार प्राप्त गर्यो। यस्तै उप बिजेता वडा नम्बर ४ ले उप बिजेता कप र नगद ३० हजार पाएको छ । टस जितेर ब्याटिङमा उत्रेको वडा नम्बर १ ले निर्धा्रित २० ओभरमा नौ बिकेट बनाई १ सय २४ रन बनायो । जवार्फी ब्याटिङमा उत्रेको वडा नम्बर ४ १३ आभेर ५ बल मै ५४ रनमा समेटियो ।

वडा नम्बर ४ लाई सस्तैमा आउट गर्न वडा नम्बर १ का राज अग्रहरी र कुद्दुस गद्दीले तनि तीन बिकेट लिए । वडा नम्बर १ का राम निवास यादवले ३६ रन बनाए । वडा नम्बर ४ का दुर्गश चौधरीले ३ बिकेट चटकाए । खेलमा नौ बिकेट र ३० रन बनाएका वडा नम्बर ४ का अनुप कुमार चौधरी म्यन अफ द सिरिज घोषित भए । पुर्व मन्त्री तथा नेपाली कांग्रसका जिल्ला सभापति सुरेन्द्रराज आचार्य, मेयर किरण सिंह, कांग्रस नेता राजेश आचार्यले बिजयी टोली, खेलाडीहरुलाई कप, मेडल नगद, प्रमाण पत्र प्रदान गरे । सो अवसरमा पुर्वमन्त्री आचार्यले स्थानीय स्तरमा हुने यस्ता प्रतियोगीताले खेलाडीहरुले राम्रो अवसर पाएको बताए । उनले स्थानीय तहले खेलकुद क्षेत्रमा पर्याप्त बजेट बिनियोजन गर्नु पर्नेमा जोड दिए ।

मेयर सिंहले नगरपालिकाले खेल र खेलाडीहरुको उत्साह बढाउन प्राथमिकतामा राखेको बताए । उनले खेल क्षेत्रको विकासकालागि नगरपालिकाले बिशेष ध्यान दिएक बताए । कार्यक्रम संयोजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश गैरेले प्रतिभावान खेलाडीलाई अवसर अभ्यासकालागि प्रतियागीता गरिएको बताए । मेयर सिंहको अध्यक्षता र सामाजिक विकास अधिकृत पद मराज श्रेष्ठको संचालनमा भएको कार्यक्रममा कांग्रस नेता राजेश आचार्य, वडा नम्बर १ का वडा अध्यक्ष सुदीप पौडेल लगायतले मन्तब्य दिएका थिए । गत फागुन ३ गतेबाट चलेको खेलमा नगरपालिकाको १२ वटा बार्ड सहभागी थिए ।

सम्बन्धित् समाचार