गृहपृष्ठ खबर तिहाईको कम्युनिष्ट सरकार जनता सामु नांगीयो ः कांग्रेस नेता कोईराला

तिहाईको कम्युनिष्ट सरकार जनता सामु नांगीयो ः कांग्रेस नेता कोईराला

प्रकाशित मिति:

नेपाली कांगैसका केन््िरद्रय सदस्य शेखर कोईरालाले दुई तिहाईको कम्युनिष्ट सरकार जनता सामु नांगीएको बताएका छन । एक पछि अर्का जन बिरोधी काम गरेर ओली नेतृत्वको सरकार आफै संकटमा परेको उनले बताए । नेपाली कांग्रेस कपिलवस्तुद्धारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन ।

सुशासनको नारा दिएको बर्तमान सरकार भ्रष्ट्रचारमा लिप्त रहेको उनले बताए । स्वतन्त्र रुपमा काम गर्नु पर्ने निकायहरुमा दुई तिहाई सरकारको छाया परेको कोईरालाले आरोप लगाए । नेता काईराललो कोईरालाले सरकार सामु सर्वोच्च अदालत समते निरिह भएको आरोप लगाए । उनले सरकार र सर्वोच्च अदालतको मिलोमतोमा धेरै निर्णय हुन थालेको बताए ।

सरकारका गलत काम कारवाही बिरुद्ध अख्तियारले समेत बोल्न नसकेको स्पष्ट पार्दै दुई तिहाईको सरकार अधिनायकबादको यात्रामा अघि बढेको कोईरालाले बताए । केन्द्रिय सदस्य डाक्टर चन्द्र भण्डारीले कान्डै कान्ड गरेर कम्युनिष्टहरु दुई बर्षमा जनताको सामु नाङ्गिएको बताए ।

कम्युनिष्टले अब तिन बर्ष सरकार चलाए काँग्रेसले घात अन्तरघात बिच पनि चुनाव जित्ने दाबी गरे । काँग्रेस पुर्व केन्द्रिय सदस्य तथा पुर्व मन्त्री दिप कुमार उपाध्यायले केन्द्रमा कुरा मिले सम्म भागबन्डा गर्ने र नमिल्दा बिरोध गर्ने प्रबृत्ति त्यानु पर्नेमा जोड दिए । सो अवसरमा कांग्रस जिल्ला स्तयिर नेताहरुले कांग्रसले सरकारका् सशक्तरुपमा प्रतिबाद गर्न नसकोको भन्दै बिरोध जनाए । जिल्लामा का्रग्रसी नेताहरुलाई छानी छानी मुद्दा लगाए पपिन केन्द्रीय स्तरको नेताहरुले कुनै मतलब नराखेको उनीरुले आक्रोस पाखे कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टीका नेताहरु दिपक गिरी, सुरेन्द्रराज आचार्य, अमर सिंह पुन, डाक्टर गोबिन्द पोख्रेल, डाक्टर शोभाखर पराजुली लगायतले भ्रष्टाचारमा उद्दत वर्तमान सरकार काण्डै काण्डमा फसेको बतानए । कार्यक्रममा पार्टीका पुर्व जिल्ला सभापति राजेश आचार्य, सुधाकर पाण्डेउ, कमलेश कुमार शर्मा, बिष्णुराज आचार्य, महिला नेतृ इन्दीरा भट्टराई लगायतले पार्टी एकबद्ध भई सरकारको गलत कामको भन्डाफोर गर्नु पनै बाताएका थिए ।

सम्बन्धित् समाचार