गृहपृष्ठ खबर बाणगंगामा खानेपानीको गुणस्तर परिक्षणका लागि मोबाईल भ्यान संचालन सम्बन्धि अभिमुखिकरण

बाणगंगामा खानेपानीको गुणस्तर परिक्षणका लागि मोबाईल भ्यान संचालन सम्बन्धि अभिमुखिकरण

खानेपानीको गुणस्तर तथा पानी परिक्षण मोबाईल भ्यान संचालन सम्बन्धि १ दिने अभिमुखिकरण तालिम नेपाल दर्शन समाज कपिलवस्तुको हलमा सम्पन्न गरिएको छ । संघीय खानेपानी तथा ढल व्यबस्थापन आयोजना बुटवल र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ कपिलवस्तुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । खानेपानीको गुणस्तर सम्बन्धि परिक्षण गर्नका लागि घुम्ती मोवाईल भ्यान संचालन गर्ने तरिकाको बारेमा सरोकारवालालाई जानकारी गराउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।

तालिममा खानेपानीको गुणस्तर कसरि वृद्धि गर्ने, शुद्धिकरण कसरि गर्ने लगायतका विषयमा प्रशिक्षण दिईएको थियो । तालिममा संघीय खानेपानी तथा ढल व्यबस्थापन आयोजना बुटवलका केमिष्ट रवि किरण आचार्य र ईन्जिनीयर तिलक न्यौपानेले प्रशिक्षण दिएका थिए । सहभागिहरुले खानेपानीको शुद्धिकरणका चुनौती तथा समस्याका बारेमा जिज्ञासा राखेका थिए । तालिममा करिव ५० जना कपिलवस्तुका विभिन्न खानेपानी समितीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित् समाचार