कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउन जारी रहेको बेला कपिलवस्तु जेसिजले सञ्चालन गरेको घरघरमा डाक्टर अभियानको पाँचौ दिन आज वडा न. ७ का विभिन्न बस्तीहरुमा सचेतना फैलाउने र आवश्यक देखिए चेकजाँच गर्ने कार्य भएको छ ।
आईतवार वाणगंगा नगरपालिका वडा नं.७ को कोईली वनगाई, कान्छी वजार र घेरुवा वनगाईका १ सय १८ घरधुरीका ३ सय जनालाई प्रत्यक्ष घरमा गाई सेवा उपलव्ध गराएको अध्यक्ष मनोजकुमार खत्रीले वताए । सो अवसरमा सावुन समेत वितरण गरिएको उनले बताए । चिकित्सकको टीम सहित पुगेर कोरोनाका लक्षणवारे सचेतना फैलाउने र चेकजाँच गर्ने कार्यलाई राजापानी सामुदायिक वन, कपिलवस्तु सामुदायिक अस्पताल, वाणगंगा नगरका वडा कार्यालय र वडामा विभिन्न सामाजिक संघ संस्थाले प्रत्यक्ष सहयोग गरेका छन् । साथै नेपाल रेडक्रस सोसाईटीका शाखा, शान्ति सृजना युवाक्लव, नव प्रभाव सहकारीले पनि घरदैलो अभियानमा सहयोग उपलव्ध गराएको जेसिजले जनाएको छ ।
डाक्टर सहितको अभियानमा नागरिकहरुलाई सरसफाईको महत्व, हात धुने तरिका, रोगवाट वच्ने उपाय लगाएतका विषयमा प्रत्यक्ष जानकारी गराईएको ज्वरो नाप गरिएको महासचिव प्रविन पौडेलले वताए । कपिलवस्तु सामुदायिक अस्पताल प्राविधिक सहयोगमा अहिले सम्म ४ वडामा अभियान संचालन गरेको छ । यसलाई अन्य वाँकी ७ वडामा लैजाने योजना रहेको अध्यक्ष खत्रीको भनाई छ ।
सामुदायिक अस्पतालका डाक्टर दिपेन्द्र चन्द र अस्पतालका पारामेडिक्स दुर्गा भुसालले घरघरमा गई स्वास्थ्य जाँच गरेका छन् भने जेसिजका अन्य पदाधिकारीहरुले जानकारीमुलक सचेतना प्रदान गरेका छन् । जेसिज युवाको यो अभियानलाई नागरिकले खुसी हुदै प्रशंसा व्यक्त गरेका छन् ।
वडा नं ७ मा आईतवार संचालीत अभियानमा वडा अध्यक्ष विष्णु गिरी, शान्ति सृजना युवाक्लवका अध्यक्ष दिपक केसी, वडा सदस्य नुमलाल पाण्डे, भुपु अध्यक्ष कृष्णराज अर्याल, कुशल पौडेल, सुनिल पाण्डे, हेमनाथ गैरे लगाएतको सहयोग रहेको जेसीले जनाएको छ । कतिपय नीजि र सरकारी अस्पतालका चिकित्सक ज्वरो आएको विरामी भन्दा साथ नजिक नपर्ने गरेको चर्चाका बीच जेसिजले घरघरमा चिकित्सकको टीम सहित पुगेर कोरोनाका लक्षणवारे सचेतना फैलाउने र आवश्यक देखिए पछि चेकजाँच गर्ने अभियान चलाईएको हो ।