नेपाल बिद्यार्थी संघ कपिलवस्तुले आफनो ५१ औ स्थापना दिवसका अवसरमा लकडाउनको मारमा परेका ५१ गरिब बिद्यार्थी र बिपन्न पविरालाई खाद्यान्न बितरण गरेको छ । कपिलवस्तु नगरपालिका– ६ थमुवा गाउको बरपर रहेको बिपन्न पविारलाई घर दैलो मै पुगेर खाद्यान्न उपलब्ध गराईएको हो ।
संघका पुर्व सह महामन्त्री प्रकाश घिमिरे, संघका जिल्ला सभापति राकेश पाण्डेय, उप सभापति अनिल क्षेत्री, संघका कृष्ण गौतम सहीतको टोलीले घर दैलोमा पुगेर राहत दिएका थिए । नगरपालिकाले राहत दिन छुटेका र अति बिपन्न पविारलाई घर दैलामो पुगेर खाद्यलन्न बाडिएको संघका जिल्ला सभापति राकेश पाण्डेयले बताए । अहिलेको बिषम परिस्थितिमा २६ दिन देखि जारी लकडाउनले चमर मारमा परेका बिपन्न पविारलाई राहत दिएर आफुहरुले दिवस मनाएको उनले बताए । ‘ हामीले सामाजिक उत्तरदायित्व बहन गर्दै केही परिवारलाई खाद्यान्न बाडेका हौ ’ उनले भने ।
नेबि संघका पुर्व सहमहामन्त्री घिमिरेले अहिलेको स्थितिमा भोक भोकै बस्न बाध्य भएका बिपन्न पविारलाई राहत दिएर मलम लगाउन खोजेको बताए । ‘ सबै भन्दा मारमा परेका बिपन्न पविारलाई हामीले केही भए पनि सहयोग गरेका छौ, यसले उनीहरुलाई केही भए पनि राहत भएका छ ’ उनले भने । चामल दाल नुन तेल, सोयाबिन लगाउतका सामाग्री बाडिएको छ ।
उता दिवसकै अवसरमा नेबि संघ क्षेत्रीय समिति १ नम्बर र सिद्धार्थ क्वास ईकाई समितिले पनि बाणगंगा नगरपालिका– ४ गजेहडाका बिपन्न बिद्यार्थी र पविारलाई खाद्यान्न बाडेको छ । गजेहडामा रहेको बिपी स्मृति भवनमा सय पविारलाई खाद्यान्न बाडिएको हो । संघका क्षेत्रीय सभापति चन्द्रकान्त पाख्रेलले यस बर्ष दिवसका दिन बिपन्न पविारलाई राहत बाडिएको बताए । अहिलको कठिन परिस्थितिमा बिपन्न पविारलाई सहयोग गर्न पाएकोमा निकै खुशी लागेका उनले बताए । यस अघि पनि लकडाउन अवधिमा संघ र तरुण दलले मिलेर बाणगंगा नगरपालिकाका बिभिन्न वडा, कपिलवस्तु नगरपालिकाका् वडा नम्बर ९? १० र ११ तथा मायादेबि गाउपालिकामा खाद्यान्न बाडेका थिए । क्षेत्रीय सभापति पा्खेल दरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी लगायतका टोलीले खाद्यान्न बाडका थिए ।