क्यानडाको नोभा स्कोटिया प्रदेशको ग्रामीण इलाकामा एक बन्दुकधारीको गोली प्रहारबाट कम्तिमा १६ जनाको मृत्यु भएको छ। बीबीसी अनुसार मृत्यु हुनेमा एक महिला प्रहरी अधिकारी समेत रहेकी छिन् ।उक्त आक्रमण ३० वर्ष यताकै ठुलो भएको अधिकारीहरूले बताएका छन्।
प्रहरीको कार जस्तै देखिने कारमा आएका ती बन्दुकधारीले शनिबार नोभा स्कोटियाका विभिन्न क्षेत्रमा अन्धाधुन्दा गोली प्रहार गरेका थिए। आक्रमणपछि भाग्दै गरेका ती आक्रमणकारीलाई १२ घण्टापछि प्रहरीले पिछा गरेर कारबाही गरेको थियो। सो कारबाहीमा उनको समेत मृत्यु भएको क्यानडियन प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
तर केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमले भने उनलाई आइतबार बिहान प्रहरी हिरासतमा लिइएको जनाएका छन्। एजेन्सी ।