गृहपृष्ठ खबर सिमामा भारतबाट फर्कनेको लर्को, नौ सय जनाको सिमामा बास, कपिलवस्तुमा कोरोनाको जोखिम बढ्दो

सिमामा भारतबाट फर्कनेको लर्को, नौ सय जनाको सिमामा बास, कपिलवस्तुमा कोरोनाको जोखिम बढ्दो

प्रकाशित मिति:

चोर नाका हुदै मुम्वईबाट फर्केका कपिलवस्तुका २ युवामा कोरोना संक्रमति देखिरहेको अवस्थामा जिल्लामा भारतबाट लर्को लागेको छ । गत वैशाख २ गते चाकरचौडा नाकाबाट ७ जनाको समुहमा फर्केका मायादेबी गाउँपालिका– २ अभिरावका युवामा कोरोना संक्रमित भएको पुष्टी भएको हो । भारतले लकडानउको स्वरुप फेरेपछि राजगारीका लागि भारत गएकाहरु अहिले फर्किने क्रम बढेको हो । यस्तै फर्कनेहरुको ब्यवस्थापन समेत गाह्रो परेको हो । मंगलवार देखि सिमा क्षेत्रमा फर्किनहरुको लर्को छ ।

सशस्त्र प्रहरी अनुसार सिमा नाकामा शुक्रवार दिउँसो २ बजे सम्म ८ सय ९६ जना छन । उनीहरुहरुलाई सुरक्षाअकर्मीले राकेर राखे पछि दशगजा मै बसेका छन । गत मंगलावार देखि जिल्लाका विभिन्न नाकाबाट फर्कनेहरु नेपाल प्रबेश गर्न खाजेका थिए । नेपाल प्रवेश गर्न नदिन गृह मन्त्रालयको आदेश नहुदाँ उनीहरुलाई दशगजाा राखिएको हो । सशस्त्र प्रहरीले फर्कने खोज्नेलाई धमाधम नियन्त्रणमा लिएर दशगजामा राखेको छ । कृष्णगनरमा २ सय १, मर्यादपुरमा १ सय ५३, चाकरचौडामा १ सय ९, भिल्मीमा १ सय ८३, हदौना २ सय ३, हथिहवामा ४७ जना छन । नाकाबाट फर्कनेहरु निरन्तर बढेपछि त्यसको व्यवस्थापनमा निकै गाह्रो परेको छ ।

घामपानी, हावाहुरीमा खुला आकाशमुनी उनीहरु बस्न बाँध्य छन । दुःख कष्ट सहेर बल्ल तल्ल नेपाललको सिमा आएका उनीहरु प्रवेश नपाएपछि मर्कामा परेका छन । भारतको मुम्वईबाट १० दिनको कठिन यात्रा पछि सिमामा पुगेका कपिलस्तु नगरपालिका वडा नम्बर– ४ का रोमेश्वर यादवले भातरीय सुरक्षाकर्मीले आउन दिए पनि नेपाली सुरक्षाकर्मीले राके पछि अहलिे दशगजा मै बास भएको बताए । उता यशोधरा गाउँपालिकाका प्रमुख गिरीजश कुमार पाण्डेयले दशगजामा रहेका नेपालीहरुको अवस्था दयनीय रहेको बताए ।

सम्बन्धित् समाचार