गृहपृष्ठ खबर धुलिखेल अस्पतालको आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु

धुलिखेल अस्पतालको आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु

काभ्रेको धुलिखेल अस्पतालमा आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु भएको छ ।अस्पतालको आइसोलेसनमा उपचाररत बिरामीको पुष्टि गर्दै अस्पतालका प्रवक्ता डा। सुमन ताम्राकारले अन्य विवरण भने खुलाएनन् ।

कोरोनाको संक्रमणकै कारण मृत्यु भएको हो भन्ने प्रश्नमा प्रवक्ता ताम्राकारले भने, ‘हाम्रो अस्पतालको आइसोलेसनमा भएको बिरामीको मृत्यु भएको हो । तर यसको कारण केहो हामीले भन्न मिल्दैन । कोरोना परीक्षण गरेको रिपोर्ट पनि ल्यावबाट गोप्य रुपमा स्वास्थ्य मन्त्रालयमा जान्छ । हामीलाई नै पनि थाहा हुँदैन ।’

अस्पताल स्रोतका अनुसार मृत्यु हुने सुत्केरी हुन् । उनको त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएको थियो । अस्पतालबाट घर गएको उनी श्वासप्रश्वासमा समस्या आएपछि बिहीबार धुलिखेल अस्पताल भर्ना भएकी थिइन् ।धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

सम्बन्धित् समाचार