गृहपृष्ठ खबर कार दुर्घटना हुदाँ कपिलवस्तुमा एकजनाको मृत्यु ४ घाइते

कार दुर्घटना हुदाँ कपिलवस्तुमा एकजनाको मृत्यु ४ घाइते

कपिलस्तुको बुद्धभुमी नगरपालीका वडा न ९ चौवन्नपुर स्थित पुर्ब पश्चिम राजमार्गमा पश्चिमबाट पुर्बतर्फ आउँदै गरेको ना ४ ख २६७४ नं को ट्रकले बिपरीत दिशातर्फ जाँदै गरेको बा २ ज ५१९५ नं।को कारलाई ठक्कर दिँदा कारमा सवार बर्ष ७ को निरजन चौधरी उपचारको क्रममा मृत्यु भएको छ ।

भने अन्य चार जना घाईते भएका छन घाइते हुनेमा  धादिङ निलकन्ठ नगरपालीका१४ बस्ने बर्ष २३ को रमेश घिमिरे कार चालक,बर्दिया जिल्ला बासगढी नगरपालीका४ बस्ने बर्ष २२ को तुलाराम सोहि ठाउँकैबस्ने बर्ष ३० को मान बहादुर चौधरी र बर्ष ३४ की बाटुली कुमारी चौधरी कोमर्सिटी हस्पिटल बुटवलमा उपचार भइरहेको र थप अनुसन्धान जारीरहेको ५ नं। प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दुर्घटना हिजो सोमबार १२ गते ४,४५ बजे को समयमा भएको प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार