गुल्मीको क्वारेन्टाइनमा रहेका ११ जनालाई उच्च ज्वरो आएका कारण सदरमुकाम तम्घासमा ल्याइएको छ।
जिल्लाको इश्मा गाउँपालिका-२ को पालुखा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका ११ जनालाई उच्च ज्वरो आएका कारण स्वास्थ्य परीक्षणका लागि गुल्मी अस्पतालमा ल्याइएको इश्मा गाउँपालिकाकी उपाध्यक्ष विमला खत्रीले जानकारी दिइन्।
११ जनाको आरडिटी गर्दा सबैको रिर्पोट नेगेटिभ आएको गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले जानकारी दिए। तीमध्ये नौ जनाको स्वास्थ्य परीक्षणमा स्वास्थ्य अवस्था सामान्य रहेकाले सम्बन्धित क्वारेन्टाइनमा पठाइएको र २ जनालाई तम्घासको आइसोलेसनमा राखेर उपचार गरिएको पच्याले जानकारी दिए। उनीहरु पाँच दिन अघि भारतको दिल्लीबाट आएका थिए।