गृहपृष्ठ खबर कृष्णनगर नगरपालिकामा ३४ बेडको आईसोलेसन सेन्टर तयार

कृष्णनगर नगरपालिकामा ३४ बेडको आईसोलेसन सेन्टर तयार

कृष्णनगर नगरपलिकाद्धारा वाइफाइयुुक्त ३४ बेडको आईसोलेसन तयार गरिएको छ । नगरपालिकाले आयसा गर्ल्स कलेजलाई कोरोना आईसोलेसन सेन्टर बनाएको हो ।  नगरपालिका भित्र कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानिय मुस्लिम अगुवासंग को समन्वयमा आयसा कलेजलाई आईसोलेसन सेन्टर बनाइएको नगरप्रमुख रजत प्रताप शाहले बताएका छन ।


कोरोना संक्रमितलाई छुट्टाछुट्टै आवश्यक दैनिक उपभोग्य सामान तथा प्रतिरक्षा शक्ति बढाउने खानेकुराका साथै वाइफाइ युक्त आईसोलेसन वार्ड व्यवस्थापन गरिएको स्वास्थ्य संयोजक अनिल विश्वकर्माले जानकारी दिए । अहिलेसम्म अधिकांश भारतका बिभिन्न सहरबाट आएकाहरुमा कोरोनाको संक्रमण देखिएको संयोजक विश्वकर्माले बताएका छन । कृष्णनगर नगरपालिकाभित्र अहिलेसम्म २७ जना कोरोना संक्रमित भइसकेका छन ।

सम्बन्धित् समाचार