काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभा सदस्य टुकराज सिग्देललाई परेको मातृ शोकप्रति दुःख व्यक्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतासमेत रहेका सिग्देलकी आमा हेमकुमारीको निधनले आफुलाई दुःखी तुल्याएको भन्दै प्रधानमन्त्री ओलीले दिवंगत आमाप्रति भावपूर्ण श्रद्धासुमन अपर्ण गरेका छन् ।
‘मात्रृशोकमा पर्नुभएका माननीय टुकराज सिग्देल, उहाँको शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु’ प्रधानमन्त्री भनेका छन् । सिग्देलकी आमा हेमकुमारीको सोमबार तनहुमा निधन भएको हो । टुकराज तत्कालिन नेकपा एमाले तर्फबाट संविधानसभा सदस्य रहेका थिए ।