रुपन्देहीको कञ्चन १ स्थित रामनगरमा रहेको मनकामना मन्दिर परिसरमा कञ्चन जेसिजले बृक्षारोपण गरेको छ।कञ्चन जेसिजको नियमित कार्यक्रम अन्तर्गत आज मनकामना मन्दिर परिसरमा कागती,आँप,अम्वा,स्वामी,अमिलो लगायतका फलफुल जन्य बिरुवाहरुको बृक्षारोपण गरिएको हो ।
कञ्चन जेसिजका बर्ष २०२०र०२१का अध्यक्ष बाबुराम पौडेलको नेतृत्वमा गरिएको बृक्षारोपण कार्यक्रममा कार्य समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।बृक्षारोपण कार्यक्रममा सहभागि हुदै कञ्चन जेसिजका अध्यक्ष बाबुराम पौडेलले युवाहरुले समाजलाई उज्यालो तर्फ अगाडी बढाउन नेतृत्व गर्न सक्ने र असल र सक्षम नेतृत्वले समाजलाई प्रगतीउन्मुख र सकारात्मक सोंचको बिकास तर्फ डोर्याउन सक्ने बताउनु भएको छ।
कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुडामणी पौडेलले बिश्व बाताबरण दिवसको अवसर पारेर गरिएको बृक्षारोपण कार्यक्रमले बाताबरण स्वस्छ र स्वस्थ राख्न घरघरमा कम्तिीमा एउटा बृक्षारोपण गर्नमा उत्प्रेरणा मिल्नेमा बिश्वास ब्यक्त गर्नु भएको थियो । कञ्चन जेसिज जुझारु र उधमशिल युवाहरुको समूह भएकोले समाजको हरेक बिकासमा स्थानिय सरकारसंग समन्वय गरेर अगाडी बढ्न सक्ने बताउदै संस्थापक अध्यक्ष पौडेलले सचेत र सवल नेतृत्व युवाको बिकासका लागि कञ्चन जेसिजको स्थापना भएको उल्लेख गर्नु भएको थियो । कार्यक्रमा वडा सदस्य खगेश्वर भुषाल, कञ्चन जेसिजका कानुनी सल्लाहकार राधिका चौधरी,कार्यकारी उपाध्यक्ष राजन पौडेल र मोहराज पौडेल,कोषाध्यक्ष सूर्य ढकाल लगायतको उपस्थिती रहेको थियो ।
रक्तदान कार्यक्रम,भ्वाइस अफ कञ्चन,जेसिज सप्ताह,संसदयि बैठक प्रणाली जस्ता महोत्वपुर्ण कार्यक्रमहरु संचालन गरी कञ्चन गाउपालिकामा छोटो समयमै फरक पहिचान बनाउन सफल कञ्चन जेसिजले कोरोना महामारीको सम्भाबित संक्रमण रोकथाम तथा न्युनिकरणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका बिपन्न घरपरिवारहरुलाइृ कञ्चन गाउपालिकाको समन्वयमा राहात बितरण तथा बिधालय बिधालयमा कोरोना भाइरस सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न गरिसकेको छ ।