गृहपृष्ठ खबर शितगंगा नगरपालिका १ का एक जनामा कोरोना पुष्टि, अर्घाखाँचीमा संक्रमितको संख्या ३८

शितगंगा नगरपालिका १ का एक जनामा कोरोना पुष्टि, अर्घाखाँचीमा संक्रमितको संख्या ३८

प्रकाशित मिति:

अर्घाखाँचीमा थप एकजना पुरूषमा कोरोना पुष्टि भएको छ। शितगंगा नगरपालिकाको १ सुवर्णखाल महेन्द्र आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका १९ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत पुष्पा थापामगरले जानकारी दिइन्। उनी भारतको हरियाणाबाट जेठ ८ गते नेपाल आएका थिए।

 

स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेको १४ दिन पुगेपछि आरडिटी जाँच गर्दा पोजेटिभ आएपछि जेठ २२ गते पिसिआर परीक्षणका लागि स्वाबको नमुना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको थियो। स्वाब पठाएको आठ दिनपछि रिपोर्ट आएको वडा अध्यक्ष बुद्धिकृष्ण पोडेलले बताए। शुक्रबार बिहान आएको जिल्लाको पिसिआर रिपोर्टमा १ जनाको पोजेटिभ र अन्य २८ जनाको नेगेटिभ रिपोर्ट आएको छ। योसँगै अर्घाखाँचीमा संक्रमितको संख्या ३८ पुगेको छ।

विद्यालयको क्वारेन्टाइनको एउटै कोठामा अन्य २८ जना सक्रमित पुरूषसँगै बस्दै आएका थिए। संक्रमित पुरूषलाई सन्धिखर्कको हटारीमा आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ।

सम्बन्धित् समाचार