गृहपृष्ठ खबर पहिरोका कारण अवरुद्ध गोरूसिङ्गे–सन्धिखर्क सडकखण्ड संचालनमा आयो

पहिरोका कारण अवरुद्ध गोरूसिङ्गे–सन्धिखर्क सडकखण्ड संचालनमा आयो

पहिरोले तीन दिनदेखि अवरुद्ध गोरूसिङ्गे–सन्धिखर्क सडकखण्ड सञ्चालनमा आएको छ । लगातार परेको अविरल वर्षाका कारण सडक खण्डको करिब तीन दर्जनभन्दा बढी स्थानमा पहिरो जाँदा सडक सञ्चालनमा ल्याउन कठिन भएको थियो ।

शनिबार सीतापुर राजुबाँस नजिकै गएको पहिरो हटाए पनि सुपादेउराली अगाडि खाँचीखोलाको उकालोमा करिब डेढ सय मिटर माथिबाट चट्टानसहित खसेको पहिरो हटाउन स्काभेटर प्रयोग गरिए पनि सञ्चालनमा ल्याउन कठिन भएको थियो ।

पहिरो सोमबार बिहान पनि थपिएकाले हटाउन केही दिन दिन लाग्ने जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताउनु भएको थियो ।
अर्घाखाँची प्रवेश गर्ने मुख्य सडक नै लामो समयदेखि अवरुद्ध हुदां सामान ढुवानी गर्न, मानिस आवतजावत गर्न ठप्प भएको थियो ।

सम्बन्धित् समाचार