जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जबरजस्तीकरणीका दोषीलाई पक्राउ गरेको छ । कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं.३ जमुनी निवासी विपद पासीलाई जबरजस्तीकरणीे गरेको मुद्धाका दोषीलाई प्रहरीले पक्राउ गरेको हो । दोषीलाई २ बर्ष ६ महिना ४ दिन कैद हुने गरी अदालतले फैसला गरेको थियो ।
तर हाल सम्म फरार रहेका दोषीलाई यही असार १२ गते जिल्ला प्रहरी कार्यलय कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले उनलाई प्रकाउ गरेको हो ।
दोषीलाई पक्राउ गरि कपिलवस्तु जिल्ला अदालतमा पेश गरी सकिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।








