गृहपृष्ठ खबर बुद्धभुमी नगरपालिका वडा नं १ द्वारा २५ जना सुत्केरी महिलालाई पोषण युक्त राहत सामाग्री वितरण

बुद्धभुमी नगरपालिका वडा नं १ द्वारा २५ जना सुत्केरी महिलालाई पोषण युक्त राहत सामाग्री वितरण

  • कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १ का २५ जना सुत्केरी महिलालाई पोषण युक्क्त आहार प्रदान गरिएको छ । नगरकार्यपालिका सदस्य एवम वडा १ सदस्य कमला चौधरीले सुत्केरी महिलालाई एक क्यारेट अन्डा, तीन किलो चना,एक लिटर तेल र दुई ओटा साबुन प्रदान गर्नुभयो ।

वडा सदस्य चौधरिले सुत्केरीलाई यो समयमा विभिन्न पौष्टिक युक्त खानाको आवश्यकता पर्ने भएकाले विशेष ख्याल गरि आमा र शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो रहोस् कामना गर्नुभएको थियो ।

बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका आमाहरुलाई पोषिलो राहत सामाग्री वितरण कार्यक्रम बुद्धभुमी नगरपालिकाको आयोजनामा बुद्धभुमी नगरपालिका वडा १ फच्कैया राष्ट्रिय आधारभुत विध्यालयमा सम्पन भएको छ।

सम्बन्धित् समाचार