गृहपृष्ठ खबर शान्ति पुनस्थापना गृहको पहलमा भारतको दिल्लीबाट ६ नेपाली चेलीको उद्धार

शान्ति पुनस्थापना गृहको पहलमा भारतको दिल्लीबाट ६ नेपाली चेलीको उद्धार

प्रकाशित मिति:

भारतको दिल्लीमा चार महिना देखि अलपत्र रहेका नेपाली महिलाहरुको उद्धार गरिएको छ । शान्ति पुनस्थापन गृहले भारतको दिल्लीमा अवस्थित देशभक्त आवास सामाजिक संस्था र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको हो । मोरङ जिल्लाका चार जना महिला, झापा जिल्लाकी एक जना महिला र पर्वत जिल्लाक िएक जना महिलासहित ६ जना नेपाली चेलीहरुको भारतबाट उद्धार गरिएको हो ।

२०७६ साल फाल्गुन २९ गते कुवेत र इरान विदेश पठाउछु भन्ने बहानामा नेपालगन्ज भन्सार नाका हुदैं भारत दिल्लीको कुरारी जोरदा भन्ने ठांउमा राखदै आएका थिए । त्यहीँ ठाउका स्थानीयले संकास्पद रूपमा महिलालाई देख्दा शान्ति पुर्नस्स्थाना गृहका क्षेत्रीय संयोजक भुमिराज भट्टराईलाई सम्पर्क गरेर स्थित बारे जानकारी गराएका थिए।

भारतको दिल्लीमा अवस्थित देशभक्त आवास सामाजिक संस्थाका अध्यक्ष बाबु रोका मगरको सहयोगमा ५ दिन अगाडि नै उद्धार गरि आज (शनिबार ) कृष्णनगर भन्सार नाका हुदै शान्ति पुर्नस्थाना गृह र इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलको सहयोगमा नेपाल ल्याइएको छ ।

भारतको दिल्लीबाट उद्धार गरिएका महिलाहरु लाई शान्ति पुर्नस्थाना गृह मार्फत मानव वेचविखनको केन्द्रीय व्यूरोमा थप अनुसंधानको लागी पठाउने तयारी भइरहेको शान्ति पुर्नस्थाना गृह संस्थाका जिल्ला संयोजक निशा पन्थीले बताउनुभएको छ ।

सम्बन्धित् समाचार