गृहपृष्ठ खबर कास्कीमा पहिरोका कारण मृत्यु हुनेको संख्या ७ पुग्यो

कास्कीमा पहिरोका कारण मृत्यु हुनेको संख्या ७ पुग्यो

प्रकाशित मिति:

कास्कीमा पहिरोमा ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ । ११ जना घाइते भएका छन् । पोखरा(१८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा परेको थियो । थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

पोखरा–२६ मा दुर्गाबहादुर सुनारको घर भत्किएर ज्यान गएको छ । पोखरा-२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनका आमा हिमकला अधिकारीको ज्यान गएको छ ।

सम्बन्धित् समाचार